प्रतिनिधिसभाको बैठक बस्दै, ‘विनियोजन विधेयक २०८२’ पारित गर्ने तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
प्रतिनिधिसभाको बैठक बस्दै, ‘विनियोजन विधेयक २०८२’ पारित गर्ने तयारी
File Photo
AdvertisementAds

प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ पारित गरिने प्रस्ताव छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि पनि विचार गरियोस् भनी प्रस्ताव राख्ने तालिका छ।

बैठक सुरु हुनु अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय छ।

अर्कोतर्फ, सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले पेश गरेको खर्च कटौती सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि बैठकमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स