प्रतिनिधिसभा बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गर्ने

प्रतिनिधिसभा बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गर्ने
Advertisement Ads

आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय, विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकार समिति’को प्रतिवेदनसहितको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

1745889496 pratinidhi https://bajarkochirfar.com/the-house-of-representatives-meeting-is-being-held-today-finance-minister-poudel-will-present-the-bill-along-with-the-finance-committee-report | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स