खटाइएको ठाउँमा नपुगेका २३ कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे उर्दी

खटाइएको ठाउँमा नपुगेका २३ कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे उर्दी
Advertisement Ads

गृह मन्त्रालयले सरुवा वा पदस्थापन भइसकेर पनि तोकिएको कार्यस्थलमा अहिलेसम्म नपुगेका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले विभिन्न मितिमा सरुवा तथा पदस्थापन भइसकेका तर हालसम्म कार्यस्थलमा अनुपस्थित रहेका कर्मचारीहरूको नामावलीसमेत सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार तीमध्ये १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बा छन्।

कर्मचारी प्रशासन शाखाको निर्णयअनुसार सरुवा/पदस्थापन भएको एक महिनासम्म पनि हाजिर नभएका कारण २४ घण्टे उर्दी जारी गरिएको हो।

उक्त निर्णय मिति अनुसार हेर्दा, असार १६ गते सरुवा भएका १ जना, असार १८ का ७ जना, र साउन ७ का १० जना शाखा अधिकृतहरू छन्। यस्तै, साउन १८ गते सरुवा भएका ५ जना नायब सुब्बा पनि कार्यस्थलमा नपुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आफ्नो वेबसाइटमार्फत आज उनीहरूको नामसहितको सूची सार्वजनिक गरेको हो।

940x380 CCI08012025 0001 https://bajarkochirfar.com/home-ministry-issues-24-hour-notice-to-23-employees-who-failed-to-report-to-their-assigned-places | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स