१४ प्रतिशत लाभांश पारित गर्न हिमालयन लाइफको साधारण सभा पर्सि बस्दै, कहिलेसम्म कायम सेयरधनीले पाउने ?
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न फागुन ११ गते आइतबार वार्षिक साधारण सभा बस्दैछ। सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने कम्पनीले जनाएको छ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।