हिमालयन बैंकले बढाएन ब्याजदर, माघकै यथावत

हिमालयन बैंकले बढाएन ब्याजदर, माघकै यथावत

हिमालयन बैंक लिमिटेडले माघमा निर्धारण गरेको ब्याजदर फाल्गुनमा यथावत रहेको जनाएको छ। नेपाली रुपैयाँको बचत निक्षेप योजनाहरू अन्तर्गत साधारण बचत, हिमाल बचत, विशेष बचत खाता, तथा सामाजिक सुरक्षा खातामा ब्याजदर ३.०४% कायम रहेको छ। PMS बचत खाता र HBL नारी बचत खातामा ३.२५% ब्याजदर कायम गरिएको छ।

प्रिमियम बचत खातामा ३.२५%, सुपर प्रिमियम बचत खातामा ३.७५%, सेयरधनी बचत खातामा ३.२४%, र पारिवारिक बचत खातामा ३.६०% ब्याजदर कायम गरिएको छ। मेरो पहिलो बचत खाता, जीवन सुरक्षा बचत जस्ता विशेष योजनाहरूमा पनि ३.०४% ब्याजदर यथावत् रहेको छ। विशेष पेरोल बचत खाता, सुविधा बचत खाता, र एक्सक्लुसिभ प्रिभिलेज बचत खातामा ४.६०% ब्याजदर कायम गरिएको छ।

कल निक्षेप योजनामा हालको कल खाताको ब्याजदर १.५२% सम्म कायम रहेको छ। गैर-नाफामूलक संस्थाहरूका लागि कल खातामा पनि १.५२% ब्याजदर यथावत् रहेको छ। बैंकले निक्षेप तथा कर्जा योजनाहरूका ब्याजदर फाल्गुनमा माघ महिनाकै अवस्थामा यथावत् रहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स