हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असार ४ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा बिहान १० बजे १७औँ र १८औँ वार्षिक साधारणसभा बस्ने भएको छ।
कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित ती दुई आर्थिक वर्षका वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू पनि छलफल गरी अनुमोदन गरिनेछ।
यसैगरी, चालू आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते एक दिन सेयर दाखिल–खारेज (बूक क्लोज) गर्ने जानकारी दिएको छ।


















![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)
प्रतिकृया