हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको पन्ध्रौं र सोह्रौं वार्षिक साधारण सभा पुन अगामी जेठ २८ गते बोलाएको छ। कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले वार्षिक साधारण सभा के. एम. वैड्ङ्क्वेट, सहयोगिनगर, कोटेश्वर, काठमाडौमा बिहान ९:३० बजे शुरु हुने जानकारी दिएको छ ।
यस अघि गत चैत २९ गते कम्पनीले आयोजना गरेको साधारण सभा गणपुर सख्या नपुगी स्थगित भएको थियो । साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु पेश हुनेछ।
#Bajarkochirfar













![सेयर बजारबारे अर्थसमितिमा छलफल हुँदै [Live]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-768x403.jpg)




![सेयर बजारबारे अर्थसमितिमा छलफल हुँदै [Live]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-150x150.jpg)

प्रतिकृया