कहिले बस्दैछ हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा ?

कहिले बस्दैछ हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा ?

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः बस्ने भएको छ। यसअघि असार ४ गतेका लागि आह्वान गरिएको कम्पनीको १७औँ र १८औँ वार्षिक साधारण सभा अब असार २६ गते आयोजना गरिने भएको हो।

कम्पनीको सञ्चालक समितिको असार ४ गते दिउँसो ३ बजे बसेको ५८औँ बैठकले साधारण सभाको नयाँ मिति तय गरेको जनाएको छ।

पुनः तय गरिएको सभा ललितपुरको टौखेलस्थित बिग ब्याङ्क्वेट एण्ड इभेन्ट्समा असार २६ गते बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

यसअघि गणपूरक संख्या (कोरम) नपुगेका कारण कम्पनीको साधारण सभा स्थगित भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स