राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालपछि सरकारमा रहेका नेताहरूको छानबिन गर्ने हो भने कोही पनि टाउको लुकाउने ठाउँ नपाउने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले, “यदि अन्य नेताहरुमाथि अनुसन्धान गर्ने हो भने, यो देशमा टाउको लुकाउने ठाउँ छैन,” भने। ढकालले विशेष छानबिन समितिको प्रतिवेदनको बारेमा बोल्दै, “४४९ पृष्ठमा लेखिएको छ कि रवि लामिछानेको ऋण लिनेमा प्रत्यक्ष संलग्नता छैन, र गोरखा मिडियामा आएको रकमको परिचालनमा प्रचलित कानुन अनुसार कारबाही गर्न भनिएको छ,” बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धका भनाइको आलोचना गर्दै, “प्रधानमन्त्रीज्यू माइक समात्नेमात्र म भ्रष्टाचार गर्दिन भन्ने गर्नुहुन्छ, तर २०२३ मा प्रकाशित भ्रष्टाचार सूचकांक अनुसार नेपालको अंक ३५ छ, जसले नेपालको सुशासनको अवस्था कमजोर बनेको प्रमाणित गर्छ,” भने।
ढकालले सत्तापक्षको आलोचना गर्दै, “यी वर्षहरूमा सरकार सञ्चालक को थियो? भ्रष्टाचार रोक्न दिन्न भने पनि त्यसका तथ्यांक हेर्नुहोस्,” भने।
उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारको उजुरीको चाङमा बसेर विधिको कुरा गरिरहेको उल्लेख गर्दै, “प्रचलित कानुन र अनुसन्धान प्रक्रियामा ल्याउने बेला तपाईंहरूको देशमा टाउको लुकाउने ठाउँ छैन,” भने।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया