१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै गार्डियन माइक्रो लाइफ, बोलायो विशेष साधारण सभा

१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै गार्डियन माइक्रो लाइफ, बोलायो विशेष साधारण सभा
Advertisement Ads

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। चैत १८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले २०८२ वैशाख ५ गते विशेष साधारण सभा आह्वान गरेको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार चैत २७ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

विशेष सभाबाट प्रस्ताव पारित भई नियामक निकायहरूको स्वीकृति प्राप्त भएपछि मात्र हकप्रद सेयर जारी गरिनेछ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हालै मात्र आईपीओ बिक्री गरी आफ्नो चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुर्याएको छ। प्रस्तावित हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

download 2 https://bajarkochirfar.com/guardian-micro-life-issues-100-percent-rights-shares-calls-special-general-meeting | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स