राष्ट्र बैंकमा योग्य होइन, सेटिङ अनुसारको गभर्नर नियुक्ति हुँदैछ: स्वर्णिम वाग्ले



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले गभर्नर नियुक्तिमा चलखेल गरिरहेको आरोप लगाएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा, सरकारको आगामी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले सरकारले “सेटिङमा काम गर्ने” प्रवृत्ति अपनाएको बताए।


Advertisement

उनले दुई महिनासम्म पनि गभर्नर नियुक्त नगर्नु सरकारको उदासीनता भएको भन्दै टिप्पणी गरे। “सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिएको छ,” उनले भने, “माथि सेटिङ गरेर समिति बसाएर रबर स्ट्याम्प जस्तै नियुक्ति गरिँदैछ।”

सिफारिस समितिबाट योग्य व्यक्ति छनोट हुने सम्भावना न्यून देखिएको उल्लेख गर्दै उनले सम्पत्ति विवरणको विषयमा पनि प्रश्न उठाइसकेको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर