instainsta

पछिल्ला साइबर हमलाबाट सिक्दै सरकार, डेटा सुरक्षा र साइबर सुरक्षामा ध्यान दिइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
पछिल्ला साइबर हमलाबाट सिक्दै सरकार, डेटा सुरक्षा र साइबर सुरक्षामा ध्यान दिइने
AdvertisementAds

सरकारले साइबर सेक्युरिटी, एप विकास तथा सम्बन्धित प्रविधि प्रणालीहरूलाई समन्वयात्मक ढंगले अघि बढाउने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले साइबर सुरक्षा र डेटा संरक्षणलाई प्राथमिकतामा राख्ने बताए।

उनले बौद्धिक सम्पत्तिको संरक्षण, नवप्रवर्तन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै ज्ञान, सीप र वैज्ञानिक जनशक्तिको उत्पादन तथा संस्थागत अनुसन्धानलाई प्रोत्साहन गरिने बताए।

त्यस्तै, रेडियो फ्रिक्वेन्सी तथा त्यससँग सम्बन्धित संयन्त्रहरूको अनुसन्धानमा पनि सरकारले ध्यान केन्द्रित गर्ने नीति प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स