पछिल्ला साइबर हमलाबाट सिक्दै सरकार, डेटा सुरक्षा र साइबर सुरक्षामा ध्यान दिइने
सरकारले साइबर सेक्युरिटी, एप विकास तथा सम्बन्धित प्रविधि प्रणालीहरूलाई समन्वयात्मक ढंगले अघि बढाउने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले साइबर सुरक्षा र डेटा संरक्षणलाई प्राथमिकतामा राख्ने बताए।
उनले बौद्धिक सम्पत्तिको संरक्षण, नवप्रवर्तन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै ज्ञान, सीप र वैज्ञानिक जनशक्तिको उत्पादन तथा संस्थागत अनुसन्धानलाई प्रोत्साहन गरिने बताए।
त्यस्तै, रेडियो फ्रिक्वेन्सी तथा त्यससँग सम्बन्धित संयन्त्रहरूको अनुसन्धानमा पनि सरकारले ध्यान केन्द्रित गर्ने नीति प्रस्तुत गरिएको छ।