■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Rastriya Samachar Samiti (RSS) |
| ◆ पद (Position / Title): | Visual Editor and Cameraperson |
| ◆ रिक्त संख्या (Vacancies): | 9 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८१।०७।३० |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८१।०८।०६ |
◆ संक्षिप्त जानकारी (Summary):
राष्ट्रिय समाचार समितिले करार सेवामा भिजुअल एडिटर र छायाँकार पदका लागि जम्मा ९ जना कर्मचारी माग गरेको छ।
राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालय भद्रकाली प्लाजा, काठमाडौँले विभिन्न रिक्त पदहरूमा करार सेवामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८१/०७/३० देखि ७ दिनभित्र दरखास्त पेश गर्न सूचित गरिएको छ।
सूचना अनुसार अधिकृत स्तर–६ को भिजुअल एडिटर पदका लागि १ जना, सहायक स्तर–५ को भिजुअल एडिटर पदका लागि ३ जना र सहायक स्तर–४ को छायाँकार पदका लागि ५ जना गरी कुल ९ जना जनशक्ति माग गरिएको छ।
तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले भौतिक रूपमा उपस्थित भई वा रासस प्रशासन शाखाको इमेल ठेगाना [email protected] मा वेबसाइटमा प्रकाशित दरखास्त फाराम भरी आवश्यक कागजातहरूसहित २ एमबीभन्दा सानो साइजको एउटै पीडीएफ फाइल बनाई पठाउनुपर्नेछ। म्याद नाघी आएका वा रीत नपुगेका दरखास्तउपर कुनै कारबाही नहुने जनाइएको छ। विस्तृत विवरणका लागि राससको वेबसाइट rssnepal.org.np/publication हेर्न सकिनेछ।
थप सुचनामा:


