■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Doorsanchar Company Limited (Nepal Telecom) |
| ◆ पद (Position / Title): | Deputy Manager, Senior Engineer, Senior Accounts Officer, Telecom Engineer, Assistant Officer & Others |
| ◆ रिक्त संख्या (Vacancies): | ८० |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/१३ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/०३ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न ८० पदका लागि अनलाइन दरखास्त आह्वान गरेको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), केन्द्रीय कार्यालय पदपूर्ति समितिले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न विभिन्न १४ पदका लागि कुल ८० जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। गोरखापत्रमा २०८३/०७/१३ मा प्रकाशित सूचना अनुसार लोक सेवा आयोगको सहमति बमोजिम रिक्त पदहरूमा पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरूबाट अनलाइन आवेदन माग गरिएको हो।
सूचना अनुसार उप-प्रबन्धक (तह ९) १ जना, वरिष्ठ इन्जिनियर (तह ८) १ जना, वरिष्ठ व्यापार अधिकृत (तह ८) १ जना, वरिष्ठ लेखा अधिकृत (तह ८) १ जना, टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन (तह ७) ३ जना, टेलिकम इन्जिनियर कम्प्युटर (तह ७) १० जना, टेलिकम इन्जिनियर इलेक्ट्रिकल (तह ७) ३ जना, सहायक प्रशासकीय अधिकृत (तह ६) ९ जना, सहायक व्यापार अधिकृत (तह ६) ८ जना, सहायक लेखा अधिकृत (तह ६) २ जना, ओभरसियर (तह ५) ३ जना, टेलिकम टेक्निसियन (तह ४) ९ जना, सहायक (तह ४) १७ जना र जुनियर टेक्निसियन (तह ३) १२ जना गरी कुल ८० पदमा आवेदन खुलाइएको छ।
इच्छुक उम्मेदवारहरूले कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत आवश्यक कागजातहरू नागरिकता, शैक्षिक योग्यता, तालिम, अनुभव, काउन्सिल दर्ता प्रमाणपत्र तथा समावेशिताको प्रमाणपत्र अपलोड गरी अनलाइन फाराम भर्नुपर्नेछ। लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ।
थप सुचनामा:


