चन्द्रागिरि नगरपालिकामा नगर प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि जागिर खुल्यो

feature 1793253949839 https://bajarkochirfar.com/government-job/chandragiri-municipality-has-opened-a-job-opening-for-municipal-police-inspector-and-assistant-inspector/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Chandragiri Municipality
◆ पद (Position / Title):Municipal Police Inspector, Municipal Police Assistant Inspector
◆ रिक्त संख्या (Vacancies):3
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०७/१०
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ मंसीर २

◆ संक्षिप्त जानकारी (Summary):

चन्द्रागिरी नगरपालिकाले नगर प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि करारमा कर्मचारी माग गरेको छ।

चन्द्रागिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बलम्बु काठमाडौंले नगर प्रहरी सेवामा रिक्त रहेका पदहरू करारमा पदपूर्ति गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नागरिकता र अनुभवका प्रमाणपत्रहरू संलग्न गरी नगरपालिकाको राजस्व शाखामा दस्तुर बुझाएको रसिदसहित प्रशासन शाखाबाट फारम लिई आवेदन दिनुपर्नेछ।

सूचना अनुसार रिक्त रहेका पदहरूमा नगर प्रहरी निरीक्षक (१ जना) र नगर प्रहरी सहायक निरीक्षक (२ जना) रहेका छन्। नगर प्रहरी निरीक्षकका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण हुनुपर्नेछ भने सहायक निरीक्षकका लागि प्लस टु (+२) उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेरको हकमा निरीक्षकका लागि ३५ वर्ष पुरा भई ५५ वर्ष ननाघेको र सहायक निरीक्षकका लागि ३० वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। साथै, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा अधिकृत स्तर वा जुनियर अफिसर पदमा कार्य गरी सेवा निवृत्त भएकाहरूलाई तोकिए बमोजिमको मापदण्डका आधारमा छनौट गरिनेछ।

शारीरिक मापदण्ड अन्तर्गत पुरुषको उचाइ कम्तिमा ५ फिट २ इन्च, छाती नफुलाउँदा ३१ र फुलाउँदा ३३ इन्च तथा तौल कम्तिमा ५० केजी हुनुपर्नेछ। महिलाको हकमा उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्नेछ। परीक्षा दस्तुर निरीक्षकका लागि १,०००/- र सहायक निरीक्षकका लागि ५००/- तोकिएको छ। छनौट प्रक्रियामा शारीरिक तन्दुरुस्ती, लिखित र अन्तर्वार्ता समावेश हुनेछ। दरखास्त दिने अन्तिम मिति २०८३ मंसीर २ गते कार्यालय समयभित्र तोकिएको छ।

थप सुचनामा:

चन्द्रागिरी नगरपालिकाद्वारा नगर प्रहरी सेवामा करारमा कर्मचारी नियुक्ति सम्बन्धी सूचना

Related Opportunities

Organization

प्रधानमन्त्री कार्यालयमा आईटी क्षेत्रका ४२ जनालाई जागिरको अवसर, कुन पदमा कति पाइन्छ तलब ?

Deadline : Refer to Notice
View Details →

Organization

सडक बोर्डको कार्यकारी निर्देशक पदमा खुल्यो जागिर

Deadline : Refer to Notice
View Details →

Organization

प्लस टु पास भएकाहरुलाई ललितपुर महानगरमा रोजगारीको अवसर, दैनिक १ हजार रुपैयाँ पाइने

Deadline : Refer to Notice
View Details →

Organization

नगर विकास कोषद्वारा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सूचना तथा सञ्चार मन्त्रालयद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल पर्यटन बोर्डद्वारा कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स