कटाई सिलाईदेखि तरकारी खेतीसम्मका प्रशिक्षक बन्ने अवसर, २१ दिनभित्र आवेदन दिनुपर्ने

feature 1793256799258 https://bajarkochirfar.com/government-scheme/opportunity-to-become-a-trainer-from-harvesting-to-sewing-to-vegetable-farming-application-must-be-submitted-within-21-days/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Professional and Skill Development Training Center, Dhangadhi, Kailali
◆ पद (Position / Title):Training Instructors (Various Trades)
◆ रिक्त संख्या (Vacancies):Multiple (As per Roster needs)
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३।०७।१०
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२१ दिन भित्र (२०८३।०७।३० सम्म)

◆ संक्षिप्त जानकारी (Summary):

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न १८ विधामा प्रशिक्षक सूची (Roster) अद्यावधिक गर्न आवेदन माग गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी, कैलालीले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने विभिन्न व्यावसायिक तथा सीपमूलक तालिमहरूका लागि आवश्यक प्रशिक्षकहरूको सूची (Roster) अद्यावधिक गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३/०७/१०) ले २१ दिनभित्र तोकिएको दरखास्त फाराम भरी यस केन्द्रमा दर्ता गर्नुपर्नेछ।

प्रशिक्षकका लागि छनोट गरिने विधाहरूमा कटाई सिलाई, विद्युत जडान, ब्युटिसियन, मेसन (डकर्मी), मोबाईल मर्मत, प्लम्बिङ, मोटरसाईकल मर्मत, आल्मुनियम फेब्रिकेटर, टायल मार्बल फिटिङ, थारु लेहंगा बनाउने, ढकिया बनाउने, मोटर वाइन्डिङ, बारवर (कपाल काट्ने), डल्स तथा कुशन बनाउने, विभिन्न डिजाइनका झोला बनाउने, मालापोते बनाउने, हाते होजियारी र तरकारी खेती रहेका छन्।

योग्यताको हकमा, मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी १ वर्षको कार्य अनुभव वा ६ महिनाको तालिम प्राप्त गरी परम्परागत सीपमा दक्ष भएको हुनुपर्नेछ। साथै सम्बन्धित विषयमा सीप परीक्षण (Level 1) उत्तीर्ण गरेको हुनुपर्नेछ। सेवा शुल्कको हकमा नेपाल सरकारको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको सुरु तलब स्केल बमोजिम हुने सूचनामा उल्लेख छ।

दरखास्तका साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र, तालिम तथा अनुभवका प्रमाणका प्रतिलिपिहरू र स्थायी लेखा नम्बर (PAN) अनिवार्य संलग्न हुनुपर्नेछ। छनोट भएका व्यक्तिहरूको नामावली सूचनाको म्याद समाप्त भएको ७ दिनभित्र केन्द्रको सूचना पाटीमा टाँस गरिनेछ। थप जानकारीका लागि कार्यालयको फोन नं. ०९१-५२११५४ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीद्वारा प्रशिक्षक सूची (Roster) अद्यावधिकका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

फिल्म बनाउन सरकारले अनुदान दिने, २१ दिनभित्र आवेदन दिनुपर्ने

Deadline : Refer to Notice
View Details →

Organization

पोखरामा निःशुल्क सीपमूलक तालिमको अवसर, यसरी दिन सकिन्छ आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

भारतीय दूतावास काठमाडौंले महात्मा गान्धी र स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन खुला गर्यो

Deadline : Refer to Notice
View Details →

Organization

ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा विभिन्न ४ विषयमा निःशुल्क आवासीय सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

कटहरी गाउँपालिकामा निःशुल्क कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको लागि आवेदन खुल्यो

Deadline : Refer to Notice
View Details →

Organization

ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स