■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Katahari Rural Municipality |
| ◆ पद (Position / Title): | Professional Computer Hardware and Network Technician (Level 2) |
| ◆ रिक्त संख्या (Vacancies): | 20 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/१३ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०६/२२ |
◆ संक्षिप्त जानकारी (Summary):
कटहरी गाउँपालिकाले २० जना प्रशिक्षार्थीका लागि १० महिने व्यावसायिक कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको अवसर घोषणा गरेको छ।
मोरङ जिल्लाको कटहरी गाउँपालिका र कोशी प्रदेश सरकारको लागत साझेदारीमा सञ्चालन हुने गरी ‘व्यावसायिक कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन’ (प्राविधिक तह-२) विषयमा निःशुल्क तालिमको अवसर खुला गरिएको छ। दिगो तथा सम्मानित रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको यस तालिममा सहभागी हुन चाहने इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ। यो १० महिने तालिम कार्यक्रममा १६९६ घण्टाको कार्यगत अभ्यास समावेश रहनेछ।
यस तालिममा जम्मा २० जना प्रशिक्षार्थीहरूलाई छनौट गरिनेछ। तालिमको अवधिभर प्रशिक्षार्थीहरूलाई दैनिक रूपमा यातायात खर्च समेत उपलब्ध गराइने सूचनामा उल्लेख छ। आवेदनका लागि न्यूनतम १६ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने र कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। छनौट प्रक्रियामा महिला, विशेष अवस्थाका व्यक्ति, विपन्न तथा पछाडि परेका बेरोजगार समूह र स्थानीय युवाहरूलाई प्राथमिकता दिइनेछ। साथै, सम्बन्धित विषयमा पहिले तालिम नलिएका व्यक्तिहरूले पनि प्राथमिकता पाउनेछन्।
इच्छुक उम्मेदवारहरूले मिति २०८३/०६/२२ गतेभित्र कटहरी गाउँपालिकाको सबै वडा कार्यालयहरू वा शिक्षा शाखामा आवेदन दिन सक्नेछन्। आवेदनका साथमा निवेदन, पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ। तालिम सञ्चालन हुने स्थान पछि तोकिने गाउँपालिकाले जनाएको छ। थप जानकारीका लागि सम्पर्क व्यक्ति राम कुमार राजवंशी (९८४२१९८२३१) सँग सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:


