■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा |
| ◆ पद (Position / Title): | कुक, सैलुन, ब्युटी पार्लर, प्लम्बिङ, विद्युत जडान, मोबाईल मर्मत, कम्प्यूटर, कटाई सिलाई, बुटिक डिजाईनिङ, जुत्ता चप्पल बनाउने, मोटरसाईकल मर्मत, अटोमोबाईल मर्मत र मन्टेश्वरी |
| ◆ रिक्त संख्या (Vacancies): | प्रत्येक समूहमा २० जना |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/०६ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०६/२७ |
◆ संक्षिप्त जानकारी (Summary):
गण्डकी प्रदेश सरकार, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराले विभिन्न १३ वटा विषयमा निःशुल्क तालिम प्रदान गर्न दरखास्त आह्वान गरेको छ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न १३ वटा विधामा निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। केन्द्रले इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन पेस गर्न सूचना जारी गरेको छ।
तालिमका विधाहरूमा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश श्रृङ्गार (ब्युटी पार्लर), प्लम्बिङ, विद्युत जडान, मोबाईल मर्मत, आधारभूत कम्प्यूटर, आधारभूत कटाई सिलाई, बुटिक डिजाईनिङ, जुत्ता चप्पल बनाउने, मोटरसाईकल मर्मत, अटोमोबाईल मर्मत र मन्टेश्वरी रहेका छन्। प्रत्येक तालिमको अवधि ३ महिना (३९० कार्यघण्टा) तोकिएको छ भने प्रत्येक समूहमा २० जना प्रशिक्षार्थी छनोट गरिनेछ।
न्यूनतम योग्यताको हकमा मन्टेश्वरीका लागि कक्षा १२ उत्तीर्ण, कुक र कम्प्यूटरका लागि एस.ई.ई. उत्तीर्ण र अन्य सबै विधाका लागि कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। आवेदकको उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। दलित, शहीद परिवार, विपन्न, द्वन्द्व पीडित, वैदेशिक रोजगारबाट फर्किएका र एकल महिलाहरूलाई छनोट प्रक्रियामा विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ।
इच्छुक उम्मेदवारले २०८३ असोज २७ गतेभित्र अनलाइन माध्यम वा केन्द्रमा उपस्थित भई आवेदन फाराम बुझाउनु पर्नेछ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, १ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्नेछ। प्रशिक्षार्थीहरूको छनोट अन्तर्वार्ता मार्फत गरिनेछ, जसको मिति २०८३ कार्तिक १० गतेदेखि २० गतेसम्म विभिन्न समयमा तय गरिएको छ।
थप सुचनामा:


