SHAREHUBSHAREHUB

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

feature 1788422256258 https://bajarkochirfar.com/government-scheme/butwal-sub-metropolitan-city-announces-free-skill-based-training-programs-in-14-categories/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Butwal Sub-Metropolitan City
◆ पद (Position / Title):Various Technical and Skill-Based Training Programs
◆ रिक्त संख्या (Vacancies):३९०
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/११
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/२५

◆ संक्षिप्त जानकारी (Summary):

बुटवल उपमहानगरपालिकाले नगरभित्रका बेरोजगार युवाहरूका लागि विभिन्न १४ प्रकारका निःशुल्क सिपमूलक तालिम सञ्चालन गर्न दरखास्त माग गरेको छ।

बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न १४ विधामा निःशुल्क सिपमूलक तालिम सञ्चालन गर्ने भएको छ। स्वरोजगार बन्न इच्छुक योग्यता पुगेका नगरबासी युवाहरूले आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालय वा उपमहानगरपालिकाको रोजगार शाखामा दरखास्त दिन सक्नेछन्।

प्रस्तावित तालिमहरूमा ग्राफिक डिजाइन, एसी फ्रिज मर्मत, एकाउन्टिङ एण्ड अफिस टूल्स (VAT/Taxation), बारिष्टा, बेसिक ब्युटिसियन, ड्रोन सञ्चालन, लेखापढी व्यवसाय, एआई फर बिजनेस, डिजिटल मार्केटिङ, प्रम्प्ट इन्जिनियरिङ, एडभान्स ब्युटिसियन, ईभी मर्मत, सिसी क्यामरा जडान र वुड सीएनसी ट्रेनिङ रहेका छन्। यी तालिमहरूका लागि न्यूनतम शैक्षिक योग्यता साक्षरदेखि कक्षा १२ उत्तीर्णसम्म तोकिएको छ भने तालिमको अवधि ३२ देखि ६५ दिनसम्म रहनेछ।

आवेदनका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्रको प्रतिलिपि र २ प्रति अटो साइजको फोटो आवश्यक पर्नेछ। आवेदन दिने व्यक्तिको उमेर १६ देखि ५० वर्षको बीचमा हुनुपर्नेछ। सूचनामा उल्लेख भए अनुसार विपन्न, गरिब तथा अपाङ्गता भएका व्यक्तिहरूलाई छनोटमा प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले २०८३ भदौ ११ गतेदेखि भदौ २५ गतेभित्र आफ्नो वडा कार्यालय वा नगरपालिकाको रोजगार शाखामा निवेदन पेश गरिसक्नुपर्नेछ। दरखास्त फारम उपमहानगरपालिकाको आधिकारिक वेबसाइट वा सम्बन्धित वडा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ। छनोट प्रक्रिया नगरपालिकाको निर्णय अनुसार हुने समेत सूचनामा स्पष्ट पारिएको छ।

थप सुचनामा:

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

कटहरी गाउँपालिकामा निःशुल्क कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको लागि आवेदन खुल्यो

Deadline : Refer to Notice
View Details →

Organization

ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

Deadline : Refer to Notice
View Details →

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →

Organization

कागेश्वरी मनोहराका नगरबासीलाई १८ विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरले माग्यो निःशुल्क तालिमका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

साना उद्यमीले पाउने भए १ हजार डलरसम्मको सिड अनुदान, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स