instainsta

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

feature 1788422256258 https://bajarkochirfar.com/government-scheme/butwal-sub-metropolitan-city-announces-free-skill-based-training-programs-in-14-categories/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Butwal Sub-Metropolitan City
◆ पद (Position / Title):Various Technical and Skill-Based Training Programs
◆ रिक्त संख्या (Vacancies):३९०
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/११
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/२५

◆ संक्षिप्त जानकारी (Summary):

बुटवल उपमहानगरपालिकाले नगरभित्रका बेरोजगार युवाहरूका लागि विभिन्न १४ प्रकारका निःशुल्क सिपमूलक तालिम सञ्चालन गर्न दरखास्त माग गरेको छ।

बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न १४ विधामा निःशुल्क सिपमूलक तालिम सञ्चालन गर्ने भएको छ। स्वरोजगार बन्न इच्छुक योग्यता पुगेका नगरबासी युवाहरूले आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालय वा उपमहानगरपालिकाको रोजगार शाखामा दरखास्त दिन सक्नेछन्।

प्रस्तावित तालिमहरूमा ग्राफिक डिजाइन, एसी फ्रिज मर्मत, एकाउन्टिङ एण्ड अफिस टूल्स (VAT/Taxation), बारिष्टा, बेसिक ब्युटिसियन, ड्रोन सञ्चालन, लेखापढी व्यवसाय, एआई फर बिजनेस, डिजिटल मार्केटिङ, प्रम्प्ट इन्जिनियरिङ, एडभान्स ब्युटिसियन, ईभी मर्मत, सिसी क्यामरा जडान र वुड सीएनसी ट्रेनिङ रहेका छन्। यी तालिमहरूका लागि न्यूनतम शैक्षिक योग्यता साक्षरदेखि कक्षा १२ उत्तीर्णसम्म तोकिएको छ भने तालिमको अवधि ३२ देखि ६५ दिनसम्म रहनेछ।

आवेदनका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्रको प्रतिलिपि र २ प्रति अटो साइजको फोटो आवश्यक पर्नेछ। आवेदन दिने व्यक्तिको उमेर १६ देखि ५० वर्षको बीचमा हुनुपर्नेछ। सूचनामा उल्लेख भए अनुसार विपन्न, गरिब तथा अपाङ्गता भएका व्यक्तिहरूलाई छनोटमा प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले २०८३ भदौ ११ गतेदेखि भदौ २५ गतेभित्र आफ्नो वडा कार्यालय वा नगरपालिकाको रोजगार शाखामा निवेदन पेश गरिसक्नुपर्नेछ। दरखास्त फारम उपमहानगरपालिकाको आधिकारिक वेबसाइट वा सम्बन्धित वडा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ। छनोट प्रक्रिया नगरपालिकाको निर्णय अनुसार हुने समेत सूचनामा स्पष्ट पारिएको छ।

थप सुचनामा:

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

इनरुवा नगरपालिकाद्वारा नि:शुल्क AI Content Creator तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बागमती प्रदेश सरकार, सामाजिक विकास कार्यालय ललितपुरद्वारा नि:शुल्क सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स