SHAREHUBSHAREHUB

महुली लघुवित्तमा डेपुटी सीईओ पदका लागि आवेदन खुला

feature 1792044683253 https://bajarkochirfar.com/private-job/applications-open-for-the-position-of-deputy-ceo-at-mahuli-laghubitta/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Mahuli Laghubitta Bittiya Sanstha Ltd.
◆ पद (Position / Title):Deputy Chief Executive Officer (नायब प्रमुख कार्यकारी अधिकृत)
◆ रिक्त संख्या (Vacancies):१
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/२९
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ कार्तिक १८ गते कार्यालय समय भित्र

◆ संक्षिप्त जानकारी (Summary):

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाद्वारा नायब प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले २०८३ कार्तिक १८ गते कार्यालय समयभित्र ईमेल मार्फत आवेदन पेश गर्नुपर्नेछ।

शैक्षिक योग्यता तथा कार्य अनुभवको हकमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी लघुवित्त वा बैंक/वित्तीय संस्थाको व्यवस्थापकीय तह/श्रेणीमा ६ वर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरी लघुवित्त वा बैंक/वित्तीय संस्थाको व्यवस्थापकीय तह/श्रेणीमा ८ वर्षको अनुभव भएको हुनुपर्नेछ। अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी विषय अध्ययन गरेकालाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

दरखास्त दिने अन्तिम मितिमा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्नेछ। नियुक्ति स्थायी वा करार (करार ३ वर्षका लागि र नवीकरण गर्न सकिने) प्रकृतिको हुनेछ भने पारिश्रमिक तथा सेवाका सर्त सुविधाहरू संस्थाको नियमानुसार रहनेछ। छनोट प्रक्रियामा सर्टलिस्टिङ, व्यावसायिक कार्ययोजना तथा रणनीतिको प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश गरिएको छ।

आवेदन दिन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले [email protected] मा ईमेल मार्फत आवेदन पठाउन सक्नेछन्। थप जानकारीका लागि संस्थाको केन्द्रीय कार्यालय, अग्नीसाइर कृष्णासवरण-६, महुली, सप्तरीमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स