■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Mahuli Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Departmental Head, Assistant Manager, Senior Officer, Departmental Assistant, Officer, Assistant Officer, Branch Manager, Assistant Officer, Senior Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/२९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०७/१८ |
◆ संक्षिप्त जानकारी (Summary):
महुली लघुवित्तले विभागीय प्रमुख, अधिकृत र शाखा प्रमुख लगायतका विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय, अग्निसाइर कृष्णसवरण-६, महुली, सप्तरी लगायत अन्य कार्यालयका लागि विभिन्न रिक्त पदहरूमा कर्मचारी आवश्यक भएको भन्दै दरखास्त आह्वान गरेको छ। संस्थाले विभागीय प्रमुख (सहायक प्रबन्धक/वरिष्ठ अधिकृत), विभागीय सहायक (अधिकृत र सहायक अधिकृत) र शाखा प्रमुख (सहायक अधिकृत/वरिष्ठ सहायक) पदका लागि ‘केही’ सङ्ख्यामा कर्मचारी माग गरेको हो।
विभागीय प्रमुखका लागि मान्यता प्राप्त संस्थाबाट CA उत्तीर्ण वा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा ३ देखि ४ वर्षको अनुभव आवश्यक पर्नेछ। विभागीय सहायकका लागि CAP II वा III उत्तीर्ण वा कम्प्युटर, कानुन वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा ३ वर्षको अनुभव मागिएको छ। शाखा प्रमुखका लागि स्नातक वा १०+२ उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव र कम्प्युटर तथा लघुवित्त सफ्टवेयर सम्बन्धी ज्ञान हुनुपर्नेछ। शाखा प्रमुख पदको हकमा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
उमेरको हदबन्दी व्यवस्थापकीय श्रेणीका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। छनोट प्रक्रियामा प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश गरिएको छ।
इच्छुक उम्मेदवारले संस्थाको वेबसाइट www.mslbsl.com.np को Career खण्डबाट फारम डाउनलोड गरी आवश्यक शैक्षिक प्रमाणपत्र, नागरिकता र अनुभवका कागजातहरू सहित २०८३ कार्तिक १८ गतेभित्र [email protected] मा ईमेलमार्फत आवेदन दिनुपर्नेछ।
थप सुचनामा:



