■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Vidhyut Utpadan Company Limited |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३।०६।२८ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३।०७।१२ |
◆ संक्षिप्त जानकारी (Summary):
विद्युत उत्पादन कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत आवेदन माग गरेको छ।
विद्युत उत्पादन कम्पनी लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मिति २०८३।०६।२८ ले १५ दिनभित्र (अर्थात २०८३ कार्तिक १२ गतेसम्म) कार्यालय समयभित्र कम्पनीको कार्यालय, बुद्धनगर, काठमाडौंमा दरखास्त पेश गर्नुपर्नेछ।
न्यूनतम योग्यता र अनुभवको हकमा उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्नेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा बाह्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। वैकल्पिक रूपमा, इन्जिनियरिङमा स्नातकोत्तर र जलविद्युत क्षेत्रमा ४ वर्षको अनुभव सहित अन्य पूर्वाधार क्षेत्रमा कम्तीमा दुई वर्षको कार्य अनुभव र मान्यता प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अनुसन्धानको अनुभव गरी कुल बाह्र वर्षको अनुभव भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
आवेदनका साथमा शैक्षिक योग्यता, कार्य अनुभवका प्रमाण पत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र पाँच हजार शब्दमा नबढ्ने गरी कम्पनीको व्यावसायिक रणनीति सहितको कार्ययोजना (Business Action Plan) पेश गर्नुपर्नेछ। कार्ययोजना नेपाली वा अंग्रेजी भाषामध्ये कुनै एकमा तयार गर्न सकिनेछ। छनोट प्रक्रिया ‘विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छनोट कार्यविधि, २०८३’ बमोजिम हुनेछ। नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको पदावधि चार वर्षको हुनेछ र पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।
थप सुचनामा:



