■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Kageshwori Manohara Municipality |
| ◆ पद (Position / Title): | Short-term Technical Trainings |
| ◆ रिक्त संख्या (Vacancies): | Multiple |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३।०६।१२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३।०६।२१ |
◆ संक्षिप्त जानकारी (Summary):
कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय नगरबासीका लागि १८ विभिन्न प्राविधिक क्षेत्रमा नि:शुल्क छोटो अवधिको तालिम सञ्चालन गर्न दरखास्त माग गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले शंखरापुर बहुप्राविधिक शिक्षालय, साँखुको समन्वयमा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न १८ वटा प्राविधिक विषयमा नि:शुल्क छोटो अवधिको तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै इच्छुक नगरबासीहरूलाई तोकिएको समयभित्र आवेदन दिन आह्वान गरेको हो।
प्रस्तावित तालिमका विषयहरूमा प्लम्बर, मेशन, विल्डिङ इलेक्ट्रिसियन, विल्डिङ पेन्टर, इन्टेरियर डेकोरेटर, इ.सि.डि.एफ, कार्पेन्टर, स्काफोल्डर, मोटरसाइकल मेकानिक्स, टेलरिङ्ग, असिस्टेन्ट ब्युटिसियन, अफ सिजन भेजिटेबल, इलेक्ट्रिकल भेइकल टेक्निसियन, डाटाबेस नेटवर्किङ्ग टेक्निसियन, कन्स्ट्रक्सन ल्याब टेक्निसियन, लाइट भेइकल मेकानिक्स, इन्डस्ट्रियल इलेक्ट्रिसियन र बारिष्टा रहेका छन्।
इच्छुक आवेदकहरूले आगामी २०८३ असोज २१ गतेभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुपर्नेछ। साथै, सूचनामा उपलब्ध गराइएको क्यु आर (QR) कोड वा गुगल फारम लिंक (https://forms.gle/wV5odU7656QgHTZv8) मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। यो कार्यक्रम नगरपालिका भित्र बसोबास गर्ने नागरिकहरूको सीप विकास गर्ने उद्देश्यले सुरु गरिएको हो।
थप सुचनामा:


