वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीहरूका लागि विद्युतीय चुलो माग संकलन

feature 1790044069662 https://bajarkochirfar.com/government-scheme/aepc-calls-applications-from-endangered-indigenous-and-dalit-students-for-electric-stove-distribution/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Alternative Energy Promotion Centre (AEPC)
◆ पद (Position / Title):Electric Stove Subsidy for Students
◆ रिक्त संख्या (Vacancies):300
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/०३
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०६/०८

◆ संक्षिप्त जानकारी (Summary):

काठमाडौँ उपत्यकामा कोठा भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरूलाई ३०० वटा विद्युतीय चुलो वितरण गरिने भएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जैविक ऊर्जा शाखाले काठमाडौँ उपत्यकामा एलपी ग्यास उपलब्धताको समस्यामा राहत प्रदान गर्न र स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको खपत वृद्धि गर्ने उद्देश्यले ३०० वटा विद्युतीय चुलो उपलब्ध गराउन आवेदन आह्वान गरेको छ। यो कार्यक्रम विशेष गरी काठमाडौँ बाहिरबाट आएर उपत्यकामा कोठा भाडामा लिई स्नातक (Bachelor) वा स्नातकोत्तर (Master) तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरूका लागि लक्षित गरिएको हो।

आवेदनका लागि विद्यार्थीहरूले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि, तथा लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुल्ने परिचयपत्र वा सम्बन्धित निकायको सिफारिस पेश गर्नुपर्नेछ। सम्बन्धित निकाय वा स्थानीय तहबाट विपन्नता खुल्ने सिफारिस पेश गरेका र सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई छनौटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

इच्छुक विद्यार्थीहरूले २०८३ असोज ८ गते दिउँसो २:०० बजेभित्र अनलाइन फारम भर्नुपर्नेछ। आवेदनका लागि https://mis.aepc.gov.np:1415/ मार्फत अनलाइन फारम भरी आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ। शिक्षण संस्थाको सिफारिसको ढाँचा केन्द्रको वेबसाइट www.aepc.gov.np बाट डाउनलोड गर्न सकिनेछ। यसअघि यस केन्द्रबाट विद्युतीय चुलो प्राप्त गरिसकेका विद्यार्थीहरूको माग स्वतः खारेज हुने जानकारी दिइएको छ।

थप सुचनामा:

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीहरूका लागि विद्युतीय चुलो माग संकलन

Related Opportunities

Organization

गण्डकी प्रदेश सरकारद्वारा विभिन्न १३ विधामा निःशुल्क सीप विकास तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा ‘एआई फण्डामेन्टल्स’ अनलाइन तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय फलफूल बाली विकास केन्द्रद्वारा पुष्प नर्सरी लक्षित ३ दिने तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स