■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Rashtriya Bahuuddheshiya Sahakari Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Secretariat Secretary, Office Assistant, Sub Assistant, Driver |
| ◆ रिक्त संख्या (Vacancies): | 4 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | १० दिन भित्र |
◆ संक्षिप्त जानकारी (Summary):
पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
पोखरा-१०, रामबजारमा कार्यालय रहेको राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रिक्त रहेका विभिन्न ४ पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १० (दस) दिन भित्र आवश्यक प्रमाणपत्रहरूको फोटोकपी र २ प्रति पासपोर्ट साइजको फोटो सहित निवेदन दिन सक्नेछन्।
माग गरिएको पदहरूमा सचिवालय सचिव (१ जना), कार्यालय सहायक (१ जना), उप सहायक (१ जना) र सवारी चालक (१ जना) रहेका छन्। सचिवालय सचिवका लागि कम्तीमा प्लस टु (+२) उत्तीर्ण भई अङ्ग्रेजीमा दख्खल भएको र २७ वर्ष ननाघेको हुनुपर्नेछ। कार्यालय सहायकको लागि स्नातक उत्तीर्ण र २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ भने उप सहायकका लागि प्लस टु उत्तीर्ण र २४ वर्षको उमेर हद तोकिएको छ। सवारी चालकको हकमा ५ वर्षको अनुभव र ४० वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन कार्यालय समय भित्र सिधै संस्थाको कार्यालयमा वा इमेल ठेगाना [email protected] मार्फत अनलाइन माध्यमबाट पनि दिन सकिनेछ। म्याद नाघी आएका वा रीत नपुगेका निवेदनहरू उपर कुनै कारबाही नगरिने संस्थाले जनाएको छ।
थप सुचनामा:


