■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Hulas Food |
| ◆ पद (Position / Title): | Area Sales Manager, Sales Officer |
| ◆ रिक्त संख्या (Vacancies): | 3 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | 10th Ashoj 2083 |
◆ संक्षिप्त जानकारी (Summary):
हुलास फुडले लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानका लागि एरिया सेल्स म्यानेजर र सेल्स अफिसर पदमा कर्मचारी माग गरेको छ।
हुलास फुडले आफ्नो सङ्गठन विस्तारका लागि एरिया सेल्स म्यानेजर र सेल्स अफिसर पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले नारायणघाट, भैरहवा र बुटवल क्षेत्र हेर्ने गरी एरिया सेल्स म्यानेजरको लागि १ जना र नारायणघाट तथा भैरहवा-बुटवल क्षेत्रका लागि १/१ जना गरी कुल २ जना सेल्स अफिसर माग गरेको हो।
एरिया सेल्स म्यानेजर पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारसँग एफएमसीजी (FMCG) सेल्स क्षेत्रमा ५ वर्षभन्दा बढीको अनुभव हुनुपर्नेछ। यस पदका लागि स्नातक तह उत्तीर्णलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। त्यस्तै, सेल्स अफिसर पदका लागि प्लस टु (+२) उत्तीर्ण र एफएमसीजी सेल्समा कम्तीमा ३ वर्षको अनुभव आवश्यक पर्नेछ। दुवै पदका लागि उम्मेदवारसँग सवारी चालक अनुमतिपत्र सहितको दुई पाङ्ग्रे सवारी साधन हुनु अनिवार्य गरिएको छ।
छनोट भएका कर्मचारीहरूले तोकिएको क्षेत्रमा सेल्स टार्गेट पूरा गर्ने, बजार विस्तार गर्ने, स्टक व्यवस्थापन गर्ने, उधारो असुली गर्ने र डिलर तथा रिटेल आउटलेटहरूको व्यवस्थापन गर्ने जस्ता जिम्मेवारीहरू बहन गर्नुपर्नेछ। कम्पनीले कर्मचारीहरूलाई नियमअनुसार इन्धन र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (Incentive) उपलब्ध गराउनेछ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले १० असोज २०८३ सम्ममा आफ्नो आवेदन कम्पनीको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ।
थप सुचनामा:


