■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Janautthan Samudayic Laghubitta Bittiya Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Officer, Assistant and Trainee Positions |
| ◆ रिक्त संख्या (Vacancies): | ११+ (केही सहित) |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/०४ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र |
◆ संक्षिप्त जानकारी (Summary):
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत, कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, सहायक लगायत विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाको केन्द्रीय कार्यालय बुटवल, रूपन्देहीमा रहेको र पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ तथा पहाडी ८ जिल्ला गरी कुल १९ जिल्लामा कार्यक्षेत्र रहेको यस संस्थाले इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन माग गरेको हो।
विज्ञापन अनुसार अधिकृत श्रेणीतर्फ अधिकृत (विभाग/ईकाइ प्रमुख/इलाका सञ्चालन अधिकृत) १ जना, कनिष्ठ अधिकृत (प्रवर्धन तथा आइसिटी ईकाइ प्रमुख १ जना र आन्तरिक लेखा परीक्षक/शाखा सञ्चालन अधिकृत २ जना) तथा व्यवस्थापन प्रशिक्षार्थी (करार – व्यवसाय परामर्शकर्ता) ४ जना माग गरिएको छ। यस्तै सहायक श्रेणीतर्फ सहायक (फिल्ड कर्मचारी) ३ जना, कनिष्ठ सहायक (प्रवर्धन तथा आइसिटी ईकाइ सहायक) १ जना र प्रशिक्षार्थी सहायक (करार – फिल्ड कर्मचारी) केही संख्यामा पदपूर्ति गरिनेछ।
योग्यताको हकमा अधिकृत र कनिष्ठ अधिकृत पदका लागि स्नातक वा सो सरह उत्तीर्ण भई लघुवित्त वा वित्तीय क्षेत्रमा सम्बन्धित कार्यअनुभव हुनुपर्नेछ भने आन्तरिक लेखा परीक्षकका लागि सेमी सीएलाई प्राथमिकता दिइनेछ। व्यवस्थापन प्रशिक्षार्थीका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण हुनुपर्नेछ। सहायक तथा कनिष्ठ सहायकका लागि कक्षा १२ उत्तीर्ण भई तोकिएको अनुभव तथा प्रशिक्षार्थी सहायकका लागि एसएलसी वा एसइई उत्तीर्ण हुनुपर्नेछ। उमेरको हकमा अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ)। परीक्षाको किसिम अन्तर्वार्ता तथा छलफल रहनेछ। योग्य उम्मेदवारले संस्थाको वेबसाइट www.jucbank.com.np बाट दरखास्त फारम डाउनलोड गरी रितपूर्वक भरी आवश्यक कागजातसहित वेबसाइटको Career भित्र गई अनलाइन आवेदन पेश गर्न सक्नेछन्।
थप सुचनामा:


