■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Urja Tila Power Company Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Project Manager, Engineers, Finance and Admin Staff |
| ◆ रिक्त संख्या (Vacancies): | 40+ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | 15 days from the published date |
◆ संक्षिप्त जानकारी (Summary):
उर्जा तिला पावर कम्पनीले तिला-२ जलविद्युत आयोजनाका लागि इन्जिनियरिङ, व्यवस्थापन र प्रशासन विधामा ४०+ जना कर्मचारी माग गरेको छ।
उर्जा तिला पावर कम्पनी लिमिटेड (UTPC) ले कालीकोट जिल्लामा निर्माणाधीन ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाका लागि आवश्यक दक्ष र अनुभवी नेपाली जनशक्तिको माग गरेको छ। कम्पनीले व्यवस्थापन, इन्जिनियरिङ, भूगर्भशास्त्र, वित्त र प्रशासन जस्ता विभिन्न विधामा कूल ४० वटा भन्दा बढी रिक्त पदहरूमा दरखास्त आह्वान गरेको हो।
माग गरिएका पदहरूमा प्रोजेक्ट म्यानेजर १ जना, सिनियर प्रोजेक्ट कोर्डिनेटर १ जना, कन्स्ट्रक्सन म्यानेजर १ जना, सिनियर इन्जिनियरिङ जियोलोजिस्ट १ जना, इन्जिनियरिङ जियोलोजिस्ट २ जना, प्लानिङ म्यानेजर १ जना, र कन्ट्र्याक्ट इन्जिनियर १ जना रहेका छन्। त्यस्तै, कस्ट इन्जिनियर, क्वाण्टीटी सर्भेयर, सर्भेयर, जुनियर सर्भेयर १-१ जना, सिभिल साइट इन्जिनियर ३ जना, क्वालिटी कन्ट्रोल इन्जिनियर ३ जना, टनेल इन्जिनियर ३ जना र साइट इन्चार्ज ३ जनाको माग गरिएको छ। मेकानिकल इन्जिनियर २ जना र इलेक्ट्रिकल इन्जिनियर १ जनाका लागि पनि आवेदन मागिएको छ।
व्यवस्थापकीय र प्रशासनिक तर्फ ईएचएस म्यानेजर १ जना, सोसियल सेफगार्ड म्यानेजर २ जना, सेफ्टी अफिसर २ जना, सोसियल अफिसर २ जना, इन्भारोन्मेन्ट अफिसर २ जना, फाइनान्स म्यानेजर १ जना, फाइनान्स अफिसर १ जना, एकाउन्ट असिस्टेन्ट १ जना, अपरेशन हेड १ जना, प्रोक्योरमेन्ट अफिसर १ जना, एडमिन अफिसर २ जना र एचआर अफिसर १ जनाको आवश्यकता रहेको छ। प्रत्येक पदका लागि सम्बन्धित शैक्षिक योग्यता र तोकिएको अनुभव (१ देखि २० वर्ष सम्म) अनिवार्य गरिएको छ।
इच्छुक र योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको वैयक्तिक विवरण (CV), कभर लेटर र सम्बन्धित शैक्षिक तथा अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि कम्पनीको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्नेछ। आवेदन दिँदा इमेलको विषयमा आफूले आवेदन दिन चाहेको पद स्पष्ट उल्लेख गर्नुपर्नेछ। आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रहेको छ। छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।
थप सुचनामा:


