कानुनका विद्यार्थीलाई अवसर, काठमाडौँ महानगरले माग्यो ३५ जना इन्टर्न

feature 1793952651639 https://bajarkochirfar.com/government-scheme/opportunity-for-law-students-kathmandu-metropolitan-city-seeks-35-interns/ | %tags
Scheme Details
Department Government Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name): Kathmandu Metropolitan City
◆ पद (Position / Title): Judicial Facilitator (Intern)
◆ रिक्त संख्या (Vacancies): 35
◆ आवेदन खुल्ने मिति (Open Date): २०८३/०७/२०
◆ आवेदन दिने अन्तिम मिति (Close Date): २०८३/०८/०४

◆ संक्षिप्त जानकारी (Summary):

काठमाडौँ महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले ३५ जना न्यायिक सहजकर्ता (इन्टर्न) को रुपमा कार्य गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरेको छ।

काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको कानुन तथा मानव अधिकार विभागले न्यायिक सहजकर्ता (इन्टर्न) पदका लागि दरखास्त आह्वान गरेको छ। महानगरपालिकाका न्यायिक समिति अन्तर्गतका विभाग र वडा कार्यालयहरूमा सेवाग्राहीहरूलाई निःशुल्क कानुनी सेवा प्रदान गर्ने र न्यायिक कार्यमा सहजीकरण गर्ने उद्देश्यले यो आवेदन खुला गरिएको हो। अध्ययनरत विद्यार्थीहरूमध्येबाट योग्यता पुगेका ३५ जनालाई छनोट गरिने सूचनामा उल्लेख छ।

यस इन्टर्नशिपको अवधि चालु आर्थिक वर्ष २०८३/०८४ को ६ महिनाका लागि हुनेछ। छनोट भएका सहजकर्ताहरूले पाउने सेवा तथा सुविधाहरू महानगरपालिकाको निर्णयानुसार तय गरिने जनाइएको छ। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०७/२०) ले १५ दिनभित्र अर्थात् २०८३ मंसिर ४ गतेसम्म आवेदन दिनुपर्नेछ।

आवेदन प्रक्रिया अनलाइन पोर्टल ijlas.kathmandu.gov.np मार्फत पुरा गर्नुपर्नेछ। प्राप्त भएका आवेदनहरू मध्येबाट योग्य उम्मेदवारहरूको संक्षिप्त सूची (Shortlist) तयार गरी अन्तर्वार्ताको माध्यमबाट अन्तिम छनोट गरिनेछ। शैक्षिक योग्यता, आवेदन प्रक्रिया र अन्य थप विस्तृत जानकारीका लागि महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np मा हेर्न सकिनेछ। सम्पर्कका लागि विभागले सम्पर्क व्यक्तिहरूको मोबाइल नम्बर समेत उपलब्ध गराएको छ।

थप सुचनामा:

 

download 3 https://bajarkochirfar.com/government-scheme/opportunity-for-law-students-kathmandu-metropolitan-city-seeks-35-interns/ | %tags

होमपेज बिज शर्ट्स