सरकारले निःशुल्क AI तालिम सञ्चालन गर्दै, कसरी दिने आवेदन ?

feature 1793514767732 https://bajarkochirfar.com/government-scheme/the-government-is-conducting-free-ai-training-how-to-apply/ | %tags
Scheme Details
DepartmentGovernment Body
Official LinkVisit Website

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):National Vocational Training Academy
◆ पद (Position / Title):AI with Effective Prompt Engineering Training Participant
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३।०७।१३
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३।०७।१८

◆ संक्षिप्त जानकारी (Summary):

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अनलाइनमार्फत सञ्चालन हुने निःशुल्क ‘AI with Effective Prompt Engineering’ तालिमका लागि आवेदन खुला गरेको छ।

नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ING Group Pvt. Ltd. एवं ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा निःशुल्क ‘AI with Effective Prompt Engineering’ अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट गुगल फाराममार्फत आवेदन माग गरिएको छ।

उक्त तालिम आगामी २०८३ साल कात्तिक १८ र १९ गते विभिन्न ४ वटा सेसनमा अनलाइनमार्फत सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ। दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म दुई/दुई सेसन गरी जम्मा ४ सेसन सञ्चालन हुनेछ।

इच्छुक व्यक्तिहरूलाई उपलब्ध गराइएको क्युआर कोड स्क्यान गरी वा दिइएको गुगल फाराम लिंकमार्फत आवेदन दिन सूचित गरिएको छ। तालिममा सहभागी हुन चाहने आवेदकहरूलाई कुल ४ सेसनहरूमध्ये कुनै एक सेसनमा सहभागी गराइने र कुन सेसनमा सहभागी गराउने भन्ने सम्बन्धमा तालिम सञ्चालन हुनु अगावै जानकारी दिइने प्रतिष्ठानद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

थप सुचनामा:

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क 'AI with Effective Prompt Engineering' तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

उद्यमी बन्न चाहनेलाई सरकारले एक हप्ते निःशुल्क तालिम दिने

Deadline : Refer to Notice
View Details →

Organization

कटाई सिलाईदेखि तरकारी खेतीसम्मका प्रशिक्षक बन्ने अवसर, २१ दिनभित्र आवेदन दिनुपर्ने

Deadline : Refer to Notice
View Details →

Organization

फिल्म बनाउन सरकारले अनुदान दिने, २१ दिनभित्र आवेदन दिनुपर्ने

Deadline : Refer to Notice
View Details →

Organization

पोखरामा निःशुल्क सीपमूलक तालिमको अवसर, यसरी दिन सकिन्छ आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

भारतीय दूतावास काठमाडौंले महात्मा गान्धी र स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन खुला गर्यो

Deadline : Refer to Notice
View Details →

Organization

ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा विभिन्न ४ विषयमा निःशुल्क आवासीय सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स