फिल्म बनाउन सरकारले अनुदान दिने, २१ दिनभित्र आवेदन दिनुपर्ने

feature 1793087921721 https://bajarkochirfar.com/government-scheme/government-to-provide-subsidy-for-making-films-application-must-be-submitted-within-21-days/ | %tags
Scheme Details
DepartmentGovernment Body
Official LinkVisit Website

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Ministry of Information and Communications
◆ पद (Position / Title):Film Production Incentive Grant (Script, Production, Post-Production)
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०७/१०
◆ आवेदन दिने अन्तिम मिति (Close Date):सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र

◆ संक्षिप्त जानकारी (Summary):

सूचना तथा सञ्चार मन्त्रालयले सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन माग गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा निर्माण हुने यथार्थपरक, मौलिक, र जनचेतनामूलक चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन खुला गरेको छ। ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम योग्य व्यक्ति तथा संस्थाहरूबाट दरखास्त आह्वान गरिएको हो।

इच्छुक व्यक्ति तथा संस्थाहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०७/१० बाट २१ (एक्काइस) दिन भित्र तोकिएका सम्पूर्ण विवरणहरू संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ। आवेदनका साथ चलचित्र/स्क्रिप्टको नाम, विधा, कथाकार, पटकथाकार, भाषा, सम्पर्क नम्बर र ठेगाना, स्क्रिप्ट लेखकको विवरण, निर्माता र निर्देशकको नाम तथा ठेगाना, र अनुमानित लागतलगायतका विवरणहरू पेश गर्नुपर्ने व्यवस्था छ।

यसैगरी कार्ययोजना, छायाँकार र कलाकारहरूको विवरण, मुख्य टोलीको बायोडाटा, सम्झौताको प्रमाणित प्रतिलिपि (लागू हुने अवस्थामा), कम्पनी वा संस्थाको दर्ता प्रमाण, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षसम्मको करचुक्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। थप जानकारी तथा फाराम ढाँचा मन्त्रालयको वेबसाइट https://www.moic.gov.np वा फोन नम्बर ०१-४२००५७७ बाट प्राप्त गर्न सकिनेछ।

थप सुचनामा:

सूचना तथा सञ्चार मन्त्रालयद्वारा चलचित्र निर्माणमा प्रोत्साहन अनुदानका लागि आवेदन आह्वान

Related Opportunities

Organization

पोखरामा निःशुल्क सीपमूलक तालिमको अवसर, यसरी दिन सकिन्छ आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

भारतीय दूतावास काठमाडौंले महात्मा गान्धी र स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन खुला गर्यो

Deadline : Refer to Notice
View Details →

Organization

ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा विभिन्न ४ विषयमा निःशुल्क आवासीय सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

कटहरी गाउँपालिकामा निःशुल्क कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको लागि आवेदन खुल्यो

Deadline : Refer to Notice
View Details →

Organization

ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

Deadline : Refer to Notice
View Details →

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स