■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Cottage and Small Industry Office, Rupandehi |
| ◆ पद (Position / Title): | Free Skill Training Trainees (Multiple Courses) |
| ◆ रिक्त संख्या (Vacancies): | 300+ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/०८ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०६/२२ |
◆ संक्षिप्त जानकारी (Summary):
घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीले लुम्बिनी प्रदेशवासी नेपाली नागरिकहरूका लागि विभिन्न १५ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न दरखास्त आह्वान गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार १५ वटा विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न इच्छुक नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज २२ गतेभित्र कार्यालयमा उपस्थित भई वा ईमेलमार्फत दरखास्त बुझाउन सकिनेछ।
सूचना अनुसार एड्भान्स ब्यूटिसियन तालिम, नेपाली कुजिन कुक तालिम, मोन्टेस्वरी तालिम (३९० घण्टा), युवाहरूलाई ड्राइभिङ्ग तालिम, युवाहरूलाई वारिस्ता र बेकरी तालिम, महिला लक्षित ब्यूटिसियन/ड्राइभिङ्ग/वारिस्ता तालिम, चप्पल जुत्ता बनाउने तालिम, एकल महिलाका लागि धूप बनाउने तालिम, मोबाइल फोन रिपेयर तालिम, ब्याग बनाउने तालिम, बेकरी बनाउने तालिम, नेल आर्ट तालिम, बुटिक तालिम र डिजिटल मार्केटिङ्ग तालिम सञ्चालन गरिनेछ। अधिकांश तालिममा २०/२० जना सहभागी छनोट गरिनेछ।
आवेदन दिन १८ वर्ष उमेर पूरा भएको लुम्बिनी प्रदेशवासी नेपाली नागरिक हुनुपर्नेछ भने युवा लक्षित कार्यक्रमका हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्तका साथ नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको २ प्रति फोटो, सम्बन्धित वर्ग वा स्थान खुल्ने कागजात समावेश गर्नुपर्नेछ। एड्भान्स ब्यूटिसियनको हकमा आधारभूत तालिम लिएको हुनुपर्ने र बुटिकका लागि आधारभूत सिलाई कटाई तालिम प्राप्त गरेकालाई प्राथमिकता दिइने उल्लेख छ।
आवेदकहरूले [email protected] मार्फत समेत दरखास्त पठाउन सक्नेछन्। सहभागीहरूको अन्तिम छनोट अन्तर्वार्ताको माध्यमबाट गरिने कार्यालयले जनाएको छ।
थप सुचनामा:


