कान्तिपुर पब्लिकेशन्समा सम्पादक र रिपोर्टर पदमा जागिर खुल्यो

feature 1791078719810 https://bajarkochirfar.com/private-job/job-openings-for-editor-and-reporter-at-kantipur-publications/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Kantipur Publications
◆ पद (Position / Title):Culture and Arts Editor, Culture & Arts Reporter
◆ रिक्त संख्या (Vacancies):2
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):October 15

◆ संक्षिप्त जानकारी (Summary):

कान्तिपुर पब्लिकेशन्सले कान्तिपुर दैनिक र द काठमाडौँ पोस्टका लागि कल्चर एन्ड आर्ट्स एडिटर तथा रिपोर्टर पदमा आवेदन खुला गरेको छ।

कान्तिपुर पब्लिकेशन्सले आफ्ना प्रकाशनहरू ‘द काठमाडौँ पोस्ट’ र ‘कान्तिपुर दैनिक’ का लागि कल्चर एन्ड आर्ट्स एडिटर र कल्चर एन्ड आर्ट्स रिपोर्टर पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले अक्टोबर १५ सम्म आफ्नो आवेदन पेस गर्न सक्नेछन्।\n\nविज्ञापन अनुसार, ‘कल्चर एन्ड आर्ट्स एडिटर’ (१ जना) का लागि कम्तीमा ७ वर्षको सम्बन्धित क्षेत्रको पत्रकारिता वा सम्पादनको अनुभव हुनुपर्नेछ। साथै, अङ्ग्रेजी वा नेपाली भाषामा उत्कृष्ट लेखन तथा सम्पादन सीप, नेपालको सांस्कृतिक तथा रचनात्मक क्षेत्रको गहिरो ज्ञान र टोली परिचालन गर्न सक्ने क्षमता हुनुपर्ने उल्लेख छ। यस पदका लागि आवेदन दिँदा कभर लेटर, बायोडाटा (CV), पहिलो तीन महिनामा गर्न सकिने दुईवटा स्टोरी आइडिया र तीनवटा प्रकाशित कार्यका नमुना समावेश गरी इमेल ([email protected]) मा पठाउनुपर्नेछ।

त्यसैगरी, ‘कल्चर एन्ड आर्ट्स रिपोर्टर’ (१ जना) का लागि कला तथा संस्कृति सम्बन्धी पत्रकारितामा १ देखि २ वर्षको अनुभव प्राथमिकतामा रहने जनाइएको छ। अङ्ग्रेजी वा नेपाली भाषामा राम्रो रिपोर्टिङ सीप, स्वतन्त्र रूपमा समाचार सामग्री तयार पार्न सक्ने क्षमता तथा डिजिटल स्टोरीटेलिङको ज्ञान भएका उम्मेदवारले कभर लेटर, बायोडाटा, पहिलो महिनामा गरिने दुईवटा स्टोरी आइडिया र तीनवटा प्रकाशित कार्यका नमुनासहित [email protected] मा अक्टोबर १५ भित्र आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

कान्तिपुर पब्लिकेशन्सद्वारा कल्चर एन्ड आर्ट्स एडिटर र रिपोर्टर पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स