टिचिङ अस्पतालले २० जना कर्मचारी माग्यो, कसरी दिने आवेदन?

feature 1791078873880 https://bajarkochirfar.com/private-job/teaching-hospital-asks-for-20-employees-how-to-apply/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Tribhuvan University Teaching Hospital (TUTH)
◆ पद (Position / Title):Chief Technical Assistant & Neuroelectrophysiology Technician
◆ रिक्त संख्या (Vacancies):20
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३।०६।१७
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ आश्विन ३१

◆ संक्षिप्त जानकारी (Summary):

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले करार सेवाका लागि २० जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH), महाराजगञ्जले चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अनुसार करार सेवामा पदपूर्तिका लागि २० जना कर्मचारी माग गरेको छ। इच्छुक र योग्य नेपाली नागरिकहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन्।

विज्ञापन गरिएका पदहरूमा मुख्य प्राविधिक सहायक (फार्मेसी) – ५ जना, मुख्य प्राविधिक सहायक (प्याथोलोजी) – ५ जना, मुख्य प्राविधिक सहायक (रेडियोग्राफी) – ५ जना, मुख्य प्राविधिक सहायक (हेल्थ असिस्टेन्ट) – ४ जना र न्यूरोइलेक्ट्रोफिजियोलोजी टेक्निसियन (मुख्य प्राविधिक सहायक सो सरह) – १ जना रहेका छन्। शैक्षिक योग्यताको हकमा मुख्य प्राविधिक सहायक पदहरूका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ भने न्यूरोइलेक्ट्रोफिजियोलोजी टेक्निसियनका लागि सम्बन्धित विषयमा स्नातक वा न्यूरोइलेक्ट्रोफिजियोलोजी टेक्नोलोजीमा डिप्लोमा कोर्स पूरा गरेको हुनुपर्नेछ।

अनलाइन आवेदन भर्दा एसएलसी/एसईई तथा सोभन्दा माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, नेपाल स्वास्थ्य व्यवसायी परिषद्/काउन्सिल दर्ता प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। दरखास्त दस्तुर रु. २,०००/- निर्धारण गरिएको छ। उमेरको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। योग्य उम्मेदवारहरूले २०८३ आश्विन ३१ गतेभित्र vacancy.tuth.org.np मार्फत आवेदन पेश गर्न सक्नेछन्।

थप सुचनामा:

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालद्वारा विभिन्न प्राविधिक पदहरूमा २० जना कर्मचारी माग

होमपेजबिज शर्ट्स