■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | SOS Children’s Villages Sanothimi |
| ◆ पद (Position / Title): | Community Mobilizer |
| ◆ रिक्त संख्या (Vacancies): | 2 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८१ असोज २२ |
◆ संक्षिप्त जानकारी (Summary):
एसओएस बालग्राम सानोठिमीले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा सञ्चालित परिवार सबलीकरण कार्यक्रमका लागि २ जना सामुदायिक परिचालक माग गरेको छ।
एसओएस बालग्राम सानोठिमीले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा सञ्चालित ‘परिवार सबलीकरण कार्यक्रम’ (Family Strengthening Program) अन्तर्गत रिक्त रहेको सामुदायिक परिचालक (Community Mobilizer) पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले २०८१ असोज २२ गते साँझ ५:०० बजेभित्र आवेदन पेश गरिसक्नुपर्नेछ।
यस पदका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण तोकिएको छ। योग्यताका साथै सामुदायिक परिचालनको क्षेत्रमा कम्तीमा एक वर्षको कार्य अनुभव भएका तथा कम्प्युटर चलाउन जान्ने एवं अनलाइन विधिबाट तथ्याङ्क सङ्कलन गर्न सक्ने उम्मेदवारहरूलाई छनोट प्रक्रियामा प्राथमिकता दिइने सूचनामा उल्लेख छ। आवेदकको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
छनोट भएका कर्मचारीको मुख्य जिम्मेवारीहरूमा लक्षित बालबालिका तथा परिवारहरूको विवरण सङ्कलन, परिवार विकास योजना निर्माण, सामुदायिक क्रियाकलापको अनुगमन, बाल क्लब गठन तथा विद्यालयहरूमा बाल संरक्षण सम्बन्धी मुद्दाहरूको अभिलेख राख्ने र प्रगति प्रतिवेदन तयार गर्ने रहनेछ।
आवेदनका साथ शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (१ प्रति), सम्पर्क ठेगाना/फोन नम्बर र आफ्नो बारेमा जानकारी दिन सक्ने दुई जना व्यक्तिहरूको नाम र फोन नम्बर बुझाउनुपर्नेछ। छनोट प्रक्रियामा लिखित परीक्षा र अन्तर्वार्ता समावेश हुनेछ भने पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ।
थप सुचनामा:


