एभरेष्ट बैंकमा हाइड्रो प्रोजेक्ट/प्रोजेक्ट फाइनान्स एनालिस्ट पदमा जागिर खुल्यो

feature 1790666732694 https://bajarkochirfar.com/private-job/everest-bank-has-a-job-opening-for-the-position-of-hydro-project-project-finance-analyst/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Everest Bank Ltd
◆ पद (Position / Title):Managerial level – Hydro Project/Project Finance Analysts
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):29 September, 2026
◆ आवेदन दिने अन्तिम मिति (Close Date):13th October 2026 (27th Ashoj 2083)

◆ संक्षिप्त जानकारी (Summary):

एभरेष्ट बैंक लिमिटेडले व्यवस्थापकीय तहमा हाइड्रो प्रोजेक्ट र प्रोजेक्ट फाइनान्स एनालिस्ट पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

एभरेष्ट बैंक लिमिटेडले व्यवस्थापकीय तहको ‘हाइड्रो प्रोजेक्ट/प्रोजेक्ट फाइनान्स एनालिस्ट’ (Managerial level – Hydro Project/Project Finance Analysts) पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले जलविद्युत परियोजना र पूर्वाधार वित्तपोषण क्षेत्रमा दक्षता भएका योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

यस पदका लागि शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, व्यापार वा अर्थशास्त्र (M.Com/MBA/MBS/MA Economics) विषयमा कम्तिमा प्रथम श्रेणी वा ३.३० सीजीपीए सहित स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, चार्टर्ड एकाउन्टेन्ट्स (CA) वा सो सरहको योग्यता भएका व्यक्तिहरूले पनि आवेदन दिन सक्नेछन्। अनुभवको हकमा बैंक तथा वित्तीय संस्थामा कम्तिमा ८ वर्षको व्यावसायिक कार्य अनुभव हुनुपर्ने र त्यसमध्ये कम्तिमा ३ वर्ष जलविद्युत परियोजना वा प्रोजेक्ट फाइनान्सिङ क्षेत्रमा व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने उल्लेख छ।

आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम ३० वर्ष पुरा भएको हुनुपर्नेछ। छनोट भएका उम्मेदवारहरूले परियोजना विकास, वित्तपोषणको चक्र, पूर्वाधार वित्तपोषणका आधारभूत सिद्धान्तहरू, आयोजनाको वित्तीय सम्भाव्यता मूल्याङ्कन, जोखिम न्यूनीकरण र ऋण लगानी सम्बन्धी निर्णयहरूमा दक्षता राख्नुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले २०८३ असोज २७ गते (१३ अक्टोबर २०२६) मंगलबारभित्र बैंकको आधिकारिक वेबसाइटमा गएर अनलाइन आवेदन दिनुपर्नेछ। प्राप्त आवेदनहरूमध्ये योग्यता र अनुभवको आधारमा सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि बोलाइने बैंकले जनाएको छ।

थप सुचनामा:

एभरेष्ट बैंक लिमिटेडद्वारा हाइड्रो प्रोजेक्ट/प्रोजेक्ट फाइनान्स एनालिस्ट पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स