भारतीय राजदूतावासले माग्यो ईसीएचएस पोलिक्लिनिकहरूका लागि विभिन्न पदमा कर्मचारी, कति पाइन्छ तलब ?

feature 1790480105182 https://bajarkochirfar.com/private-job/indian-embassy-seeks-staff-for-various-positions-for-echs-polyclinics-how-much-is-the-salary/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Embassy of India, Kathmandu (ECHS)
◆ पद (Position / Title):Medical Officer, Radiologist, Medical Specialist, Nursing Assistant, Radiographer, Driver & Dental Hygienist
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):16 Oct 2026

◆ संक्षिप्त जानकारी (Summary):

भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको एक्स-सर्भिसमेन कन्ट्रीब्युटरी हेल्थ स्किम (ईसीएचएस) ले विभिन्न स्वास्थ्य तथा प्राविधिक पदहरूका लागि करार सेवामा दरखास्त आह्वान गरेको छ।

भारतीय राजदूतावास, काठमाडौं अन्तर्गत सञ्चालित भूतपूर्व भारतीय सैनिक तथा तिनका आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने ‘एक्स-सर्भिसमेन कन्ट्रीब्युटरी हेल्थ स्किम’ (ईसीएचएस) ले काठमाडौं, पोखरा, धरान र कोहलपुरस्थित पोलिक्लिनिकहरूका लागि करार सेवामा विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। यो नियुक्ति पूर्णतया एक वर्षको करार आधारमा हुनेछ।

काठमाडौं क्षेत्रीय केन्द्र तथा पोलिक्लिनिकका लागि मेडिकल अफिसर (एमबीबीएस, ३ वर्ष अनुभव, तलब रु १,५२,०००), नर्सिङ असिस्टेन्ट (बीएससी नर्सिङ वा जीएनएम/आर्म्ड फोर्सेज क्लास-१, ५ वर्ष अनुभव, तलब रु ५८,४००) र रेडियोग्राफर (डिप्लोमा/आर्म्ड फोर्सेज क्लास-१, ५ वर्ष अनुभव, तलब रु ४४,८००) माग गरिएको छ। यसैगरी पोखरा पोलिक्लिनिकका लागि रेडियोलोजिस्ट (एमडी/एमएस/डिप्लोमा, ३ देखि ५ वर्ष अनुभव, तलब रु २,०८,०००) पद खुलाइएको छ। धरान पोलिक्लिनिकका लागि मेडिकल स्पेसलिस्ट (एमडी/एमएस वा डीएनबी, ५ वर्ष अनुभव, तलब रु २,०८,०००) र ड्राइभर (८ कक्षा उत्तीर्ण, क्लास-१ ड्राइभर, सिभिल लाइसेन्स, ५ वर्ष अनुभव, तलब रु ४०,९६०) माग गरिएको छ। त्यस्तै कोहलपुर पोलिक्लिनिकका लागि डेन्टल हाइजिनिस्ट (डिप्लोमा, ५ वर्ष अनुभव, तलब रु ५८,४००) आवश्यक रहेको छ।

उम्मेदवारहरूको अधिकतम उमेर पदअनुसार ५३ देखि ६३ वर्षसम्म तोकिएको छ। भूतपूर्व भारतीय सैनिकहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। कार्य समय हप्ताको ४८ घण्टा (८ घण्टा प्रतिदिन, ६ दिन) हुनेछ। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक प्रमाणपत्र र अटेस्टेसन फारामसहित आगामी १६ अक्टोबर २०२६ भित्र सम्बन्धित पोलिक्लिनिक वा भारतीय राजदूतावासको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। छनोटमा परेका उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि टेलिफोन मार्फत जानकारी गराइनेछ।

थप सुचनामा:

भारतीय राजदूतावास, काठमाडौंद्वारा ईसीएचएस पोलिक्लिनिकहरूका लागि विभिन्न पदमा दरखास्त आह्वान

Related Opportunities

Organization

मुना कृषि लिमिटेडद्वारा एडमिन एण्ड फाइनान्स असिस्टेन्ट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

केएफए विजनेस स्कूलद्वारा बीबीए फ्याकल्टीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सी.एम.सी.-नेपालद्वारा सामुदायिक मनोसामाजिक कार्यकर्ता पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा प्रमुख कार्यकारी अधिकृत सहित विभिन्न पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स