■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Himalayan Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Junior Assistant (Field Assistant) |
| ◆ रिक्त संख्या (Vacancies): | 30 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०८/०९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/२३ |
◆ संक्षिप्त जानकारी (Summary):
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कनिष्ठ सहायक (फिल्ड सहायक) को माग गर्दै दरखास्त आह्वान गरेको छ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको कनिष्ठ सहायक (फिल्ड सहायक) पदका लागि ३० जना कर्मचारीको माग गरेको छ। यो संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
यस पदका लागि न्यूनतम योग्यता एस.एल.सी. वा एस.ई.ई. तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सेवाको किसिम प्रशिक्षार्थी वा स्थायी प्रकृतिको हुने विज्ञापनमा उल्लेख छ। थप योग्यता अन्तर्गत मोटरसाइकल चालक अनुमतिपत्र भएका र आफ्नै सवारी साधन भएका उम्मेदवारहरूलाई विशेष ग्राह्यता दिइनेछ। त्यस्तै, कम्प्युटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट) र नेपाली टाइपिङ सम्बन्धी ज्ञान भएका तथा काठमाडौं उपत्यका बाहिरका दुर्गम तथा ग्रामीण क्षेत्रमा काम गर्न इच्छुकलाई प्राथमिकता दिइनेछ।
उमेरको हकमा दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारहरूको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने प्रावधान रहेको छ। छनोट प्रक्रियामा प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश गरिनेछ। तलब तथा अन्य सुविधाहरू वित्तीय संस्थाको नियमानुसार हुनेछ।
योग्य उम्मेदवारहरूले आफ्नो बायोडाटा, हालसालै खिचेको फोटो, नागरिकताको प्रतिलिपि र अनुभव भएमा सो खुल्ने पत्र सहित rigojobs.com/company/hlbsl मार्फत अनलाइन वा संस्थाको पायक पर्ने शाखा कार्यालयहरू वा चावहिल, काठमाडौं स्थित केन्द्रीय कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।
थप सुचनामा:



