■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Asian Paints |
| ◆ पद (Position / Title): | Sr. Executive – Instrumentation Engineer |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | 2nd December 2026 |
◆ संक्षिप्त जानकारी (Summary):
एशियन पेन्ट्सले हेटौंडाको लागि सिनियर एक्जुकेटिभ – इन्स्ट्रुमेन्टेसन इन्जिनियर पदमा दरखास्त माग गरेको छ।
एशियन पेन्ट्सले हेटौंडास्थित आफ्नो प्लान्टका लागि इन्जिनियरिङ विभाग अन्तर्गत सिनियर एक्जुकेटिभ – इन्स्ट्रुमेन्टेसन इन्जिनियर पदमा दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सन् २०२६ डिसेम्बर २ तारिखसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
यस पदका लागि शैक्षिक योग्यतामा इन्स्ट्रुमेन्टेसन एण्ड कन्ट्रोल इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स एण्ड इन्स्ट्रुमेन्टेसन इन्जिनियरिङमा बी.ई./बी.टेक (B.E./B.Tech.) गरेको हुनुपर्नेछ। साथै, अटोमेसन प्लान्टमा अनुभव भएका इलेक्ट्रिकल इन्जिनियरहरूले पनि आवेदन दिन सक्नेछन्। सम्बन्धित क्षेत्रमा ३ देखि ४ वर्षको कार्य अनुभव हुनु अनिवार्य गरिएको छ।
मुख्य जिम्मेवारीहरू अन्तर्गत प्लान्टको विश्वसनीयता सुनिश्चित गर्न इन्स्ट्रुमेन्टेसन र कन्ट्रोल सिस्टमको मर्मत तथा ट्रबलसुटिङ गर्ने, प्रिभेन्टिभ र ब्रेकडाउन मर्मत गर्ने, आर.सी.ए (RCA) तथा क्यालिब्रेसन गर्ने र टेक्निकल रेकर्डहरू राख्ने पर्दछन्। यसका साथै क्यापेक्स (CAPEX) योजना, बजेट व्यवस्थापन, खरिद र कमिसनिङ गर्ने तथा सुरक्षा र कम्पनीको मापदण्ड पालना गर्ने कार्यहरू यस पदको कार्यविवरणमा समावेश छन्।
आवेदन दिन इच्छुक उम्मेदवारहरूले [email protected] मा इमेल मार्फत आफ्नो विवरण पठाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २ डिसेम्बर २०२६ सम्म तोकिएको छ।
थप सुचनामा:


