सरकारले १०० जनालाई निःशुल्क सीपमूलक तालिम दिने, खुल्यो आवेदन

feature 1795504173743 https://bajarkochirfar.com/government-scheme/government-to-provide-free-skill-based-training-to-100-people-applications-open/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Vocational Training Centre, Itahari
◆ पद (Position / Title):Cook, Tailor, Electrician (Advance), Beautician (Advance), Beautician (Basic)
◆ रिक्त संख्या (Vacancies):१०० जना (प्रत्येक विषयमा २० जना)
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०८/०८
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०८/२२

◆ संक्षिप्त जानकारी (Summary):

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले पाँच विभिन्न विधामा १०० जनाका लागि नि:शुल्क सीपमूलक तालिमको सूचना प्रकाशित गरेको छ।

नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी, सुनसरीले विभिन्न पाँचवटा प्राविधिक तथा सीपमूलक विषयमा नि:शुल्क तालिम प्रदान गर्न आवेदन माग गरेको छ। केन्द्रले कुक, टेलर, एडभान्स विद्युत् जडान, एडभान्स ब्युटिसियन र आधारभूत ब्युटिसियन तालिमका लागि कुल १०० जना प्रशिक्षार्थी छनोट गर्ने गरी यो सूचना जारी गरेको हो। प्रत्येक विधाका लागि २०-२० जनाको कोटा निर्धारण गरिएको छ।

शैक्षिक योग्यताको हकमा कुक, टेलर र ब्युटिसियन (आधारभूत) का लागि न्यूनतम ८ कक्षा उत्तीर्ण हुनुपर्नेछ। एडभान्स विद्युत् जडानका लागि एस.एल.सी. वा एस.ई.ई. उत्तीर्ण गरी बेसिक इलेक्ट्रिसियन तालिम लिएको हुनुपर्ने र एडभान्स ब्युटिसियनका लागि ८ कक्षा उत्तीर्ण गरी ब्युटिसियन आधारभूत तालिम लिएको हुनुपर्ने प्रावधान राखिएको छ। आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने केन्द्रले जनाएको छ।

इच्छुक नेपाली नागरिकले २०८३/०८/२२ गतेभित्र व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीमा पुगी आवेदन फारम बुझाउनुपर्नेछ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ। प्रशिक्षार्थीहरूको छनोट अन्तर्वार्ताको माध्यमबाट गरिनेछ, जसको तालिका २०८३/०८/२४ गतेदेखि २०८३/०९/०१ गतेसम्मका लागि तय गरिएको छ। विपन्न, दलित, अपाङ्ग, शहीद परिवार र एकल महिलालाई छनोटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

थप सुचनामा:

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीद्वारा विभिन्न सीपमूलक तालिमका लागि आवेदन आह्वान

होमपेजबिज शर्ट्स