सहिद मेमोरियल अस्पतालद्वारा विभिन्न ६ पदका लागि कर्मचारी माग

feature 1795502738329 https://bajarkochirfar.com/private-job/sahid-memorial-hospital-announces-vacancies-for-assistant-pharmacist-radiographer-and-other-staff/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Sahid Memorial Hospital
◆ पद (Position / Title):Assistant Pharmacist, Radiographer, Market Manager, Receptionist, Assistant Accountant, OPD Assistant
◆ रिक्त संख्या (Vacancies):केही (Few)
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):सूचना प्रकाशित मितिले ७ दिनभित्र

◆ संक्षिप्त जानकारी (Summary):

सहिद मेमोरियल अस्पताल कलंकीले सहायक फर्मासिस्ट, रेडियोग्राफर र लेखापालसहित विभिन्न पदमा आवेदन आह्वान गरेको छ।

काठमाडौँको कलंकी-१४ मा अवस्थित सहिद मेमोरियल अस्पतालले अस्पतालको लागि आवश्यक रिक्त कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। अस्पताल प्रशासनले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र योग्य नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो। इच्छुक उम्मेदवारहरूले अस्पतालको प्रशासन शाखामा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।

विभिन्न पदका लागि शैक्षिक योग्यता फरक-फरक तोकिएको छ। सहायक फर्मासिस्ट र रेडियोग्राफर (तह ५) का लागि सम्बन्धित विषयमा डिप्लोमा वा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। बजार व्यवस्थापक (तह ५) का लागि +२ उत्तीर्ण र अस्पताल बजार व्यवस्थापनमा अनुभवलाई प्राथमिकता दिइनेछ।

त्यसैगरी, रिसेप्सनिष्ट र सह लेखापाल (तह ४) का लागि +२ उत्तीर्ण (लेखापालको लागि व्यवस्थापन संकाय) भई नेपाली र अंग्रेजी टाइपिङ गर्न सक्नेलाई प्राथमिकता दिइनेछ। ओ.पि.डि. सहायक (तह ४) का लागि ANM वा CMA उत्तीर्ण भई सम्बन्धित परिषदमा दर्ता भएको हुनुपर्नेछ। विस्तृत विवरणका लागि अस्पतालको फोन नं. ०१-५२१८९३४ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

सहिद मेमोरियल अस्पतालद्वारा विभिन्न ६ पदका लागि कर्मचारी माग

होमपेजबिज शर्ट्स