स्टक ब्रोकर कम्पनीमा CEO पदका लागि खुल्यो आवेदन, यस्तो छ योग्यता

feature 1795419537998 https://bajarkochirfar.com/private-job/applications-open-for-ceo-position-in-stock-brokerage-company-here-are-the-qualifications/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Licensed Stock Brokerage Company
◆ पद (Position / Title):Chief Executive Officer (CEO)
◆ रिक्त संख्या (Vacancies):1
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):4th December, 2026

◆ संक्षिप्त जानकारी (Summary):

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त एक स्टक ब्रोकर कम्पनीले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति प्राप्त र प्रचलित कानुन बमोजिम सञ्चालित एक स्टक ब्रोकर कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ। यस पदमा नियुक्त हुने व्यक्तिको मुख्य जिम्मेवारी कम्पनीको समग्र नेतृत्व, रणनीतिक निर्देशन, व्यवस्थापन र सञ्चालनको रेखदेख गर्नु रहनेछ।

आवेदकको न्यूनतम योग्यता र अनुभवको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वित्त, अर्थशास्त्र, वाणिज्य, व्यावसायिक प्रशासन, कानून वा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको शैक्षिक योग्यता भएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्। अनुभवको हकमा वित्तीय क्षेत्र, पूँजी बजार, धितोपत्र व्यवसाय वा बैंकिङ क्षेत्रमा न्यूनतम ५ वर्षको व्यवस्थापकीय वा वरिष्ठ तहको व्यावसायिक अनुभव हुनुपर्ने प्रावधान राखिएको छ। आवेदको उमेर ४ डिसेम्बर २०२६ सम्ममा २१ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा (CV), आवेदन पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र तथा ट्रान्सक्रिप्टको प्रतिलिपि, अनुभवका प्रमाणपत्रहरू र कम्पनीको वृद्धिका लागि तयार गरिएको संक्षिप्त रणनीतिक व्यावसायिक योजना (Statement of vision and strategic plans) पेश गर्नुपर्नेछ।

आवेदन दिने अन्तिम मिति ४ डिसेम्बर, २०२६ को बेलुका ५:०० बजेसम्म तोकिएको छ। इच्छुक उम्मेदवारले [email protected] मा इमेल मार्फत आफ्ना कागजातहरू पठाउनु पर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियाका लागि बोलाइनेछ।

थप सुचनामा:

धितोपत्र ब्रोकर कम्पनीद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

हाम्रो पात्रोद्वारा ५ जना कन्टेन्ट मोडरेटरको माग

Deadline : Refer to Notice
View Details →

Organization

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडद्वारा विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

कामना न्युज पब्लिकेसन्समा १५ जनालाई रोजगारीको अवसर, कुन पदमा कति मागियो ?

Deadline : Refer to Notice
View Details →

Organization

कान्तिपुर पब्लिकेसन्स लिमिटेडद्वारा ५० जना सेल्स कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स