■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Kamana News Publications Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Desk Editor, Reporter, Senior Reporter, Computer Operator/Layout Designer, Finance Manager, Finance Executive, Video Editor |
| ◆ रिक्त संख्या (Vacancies): | 15 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | Nov 23, 2026 |
◆ संक्षिप्त जानकारी (Summary):
कामना न्युज पब्लिकेसन्सले डेस्क एडिटर, रिपोर्टर र म्यानेजर लगायत विभिन्न १५ कर्मचारी माग गरेको छ।
कामना न्युज पब्लिकेसन्स प्रा. लि. ले आफ्नो मिडिया हाउसको विभिन्न विभागका लागि आवश्यक जनशक्तिको माग गर्दै दरखास्त आह्वान गरेको छ। सूचना अनुसार संस्थाले डेस्क एडिटर ३ जना, रिपोर्टर २ जना, सिनियर रिपोर्टर (अङ्ग्रेजी भाषा) २ जना र कम्प्युटर अपरेटर/लेआउट डिजाइनर २ जना माग गरेको छ।
यसैगरी प्रशासनिक तथा प्राविधिकतर्फ फाइनान्स म्यानेजर १ जना, फाइनान्स एक्जुकेटिभ १ जना र भिडियो एडिटर ४ जना गरी जम्मा १५ जना कर्मचारी माग गरिएको छ। सबै पदका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह (Bachelor’s Degree) उत्तीर्ण गरेको हुनुपर्ने र कम्तीमा ३ वर्षको कार्य अनुभव हुनुपर्ने योग्यता तोकिएको छ।
आवेदकहरूमा उत्कृष्ट सञ्चार सीप, कम्प्युटर ज्ञान र व्यावसायिक दक्षता हुनुपर्ने उल्लेख छ। डेस्क एडिटर र रिपोर्टर पदका लागि बिहान र बेलुकाको फरक-फरक सिफ्टहरू तोकिएका छन् भने फाइनान्स पदहरूका लागि बिहान ९ देखि बेलुका ५ बजेसम्मको कार्यालय समय रहनेछ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा (Resume) र कभर लेटर सहित २३ नोभेम्बर २०२६ (Nov 23, 2026) भित्र [email protected] मा इमेल मार्फत आवेदन दिन सक्नेछन्।
थप सुचनामा:


