■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Remit Hydro Limited |
| ◆ पद (Position / Title): | Sr. Electrical Engineer, Electrical Engineer, Mechanical Engineer, Environment Officer, Civil Engineer, Administration Officer, Admin Officer |
| ◆ रिक्त संख्या (Vacancies): | ७ (सात) |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/१९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/१० |
◆ संक्षिप्त जानकारी (Summary):
रेमिट हाइड्रो लिमिटेडले इन्जिनियरिङ र प्रशासन तर्फका ७ वटा रिक्त पदहरूका लागि दरखास्त माग गरेको छ।
रेमिट हाइड्रो लिमिटेडले रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा कार्यसम्पादनमा आधारित परियोजना करार सेवामा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। कम्पनीले सूचना प्रकाशित भएको मिति २०८३ कार्तिक १९ गतेदेखि २०८३ मंसिर १० गते कार्यालय समयभित्र आवेदन दिन सकिने जानकारी दिएको छ।
माग गरिएका पदहरूमा सिनियर इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, इन्भायरमेन्ट अधिकृत, सिभिल इन्जिनियर, प्रशासन अधिकृत र एड्मिन अधिकृत रहेका छन्। प्राविधिक पदहरूका लागि सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा २ देखि ५ वर्षसम्मको कार्यअनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ। त्यसैगरी प्रशासन तर्फका पदका लागि मानविकी वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा (CV), शैक्षिक योग्यताका प्रमाणपत्र, कार्यअनुभव, तालिमका प्रमाणपत्र र नागरिकताको प्रतिलिपि सहित आवेदन दिनुपर्नेछ। आवेदन फाराम कम्पनीको वेबसाइट www.remithydro.com.np बाट प्राप्त गर्न सकिनेछ। दरखास्त रेमिट हाइड्रो लिमिटेडको कार्यालय, नागरिक लगानी कोष भवन, नयाँ बानेश्वरमा बुझाउन सकिनेछ वा इमेल [email protected] मार्फत पनि पठाउन सकिनेछ।
छनोट प्रक्रियामा शैक्षिक योग्यता, कार्यअनुभव र तालिमका आधारमा संक्षिप्त सूची (Shortlist) तयार गरी अन्तर्वार्ता लिइनेछ। छनोट भएका उम्मेदवारहरूले कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको कम्पनीको आयोजना स्थलमा रही काम गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३/०८/१० गते दिनको ४:०० बजेसम्म तोकिएको छ।
थप सुचनामा:


