■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Rastriya Prasaran Grid Company Limited |
| ◆ पद (Position / Title): | Manager (Electrical), Assistant Manager (Civil), Senior Engineer (Electrical/Civil Structural/Contract) |
| ◆ रिक्त संख्या (Vacancies): | ७ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/२० |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/०४ |
◆ संक्षिप्त जानकारी (Summary):
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विभिन्न ७ रिक्त पदहरूमा करार सेवाका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको छ।
नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विभिन्न प्राविधिक पदहरूमा करार सेवाका लागि कर्मचारी भर्ना गर्ने सूचना प्रकाशित गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना पहिलो पटक प्रकाशित भएको मिति (२०८३/०७/२०) ले १५ दिनभित्र अर्थात् २०८३ मंसिर ४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। आवेदकहरूले आफ्नो आवेदन कम्पनीको कार्यालय बुद्धनगरमा बुझाउन वा इमेल [email protected] मार्फत पठाउन सक्नेछन्।
विस्तृत विवरण अनुसार प्रबन्धक (इलेक्ट्रिकल) १ जना, उप-प्रबन्धक (सिभिल) १ जना, वरिष्ठ इन्जिनियर (इलेक्ट्रिकल) ३ जना, वरिष्ठ इन्जिनियर (सिभिल स्ट्रक्चरल) १ जना र वरिष्ठ इन्जिनियर (कन्ट्याक्ट) १ जना गरी जम्मा ७ जना कर्मचारी माग गरिएको हो। शैक्षिक योग्यताको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर वा स्नातक तह उत्तीर्ण गरी तोकिएको वर्षको कार्य अनुभव र तालिम प्राप्त हुनुपर्ने प्रावधान राखिएको छ। प्रबन्धक पदका लागि ७ वर्ष र अन्य पदका लागि ५ वर्षको सम्बन्धित क्षेत्रको अनुभव आवश्यक पर्नेछ।
उमेरको हदको हकमा विज्ञापन नं. ०१/८३/८४ को लागि २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको र अन्य पदहरूको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन दस्तुर प्रबन्धक पदका लागि २,०००/- र अन्य पदहरूका लागि १,२००/- तोकिएको छ। उक्त दस्तुर प्रभु बैंक लिमिटेड, कमलादीमा रहेको कम्पनीको खातामा जम्मा गरी भौचरको प्रति संलग्न गर्नुपर्नेछ। छनोट प्रक्रियामा शैक्षिक योग्यता, अनुभव र तालिमको आधारमा सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ।
थप सुचनामा:


