नेपाल रेलवे बोर्डले माग्यो दक्ष रेल चालक, कहिलेसम्म आवेदन दिन सकिने ?

feature 1793581437761 https://bajarkochirfar.com/government-job/nepal-railway-board-seeks-skilled-train-drivers-when-can-applications-be-submitted/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Nepal Railway Board
◆ पद (Position / Title):Locopilot
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३।०७।१६
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३।०८।२१

◆ संक्षिप्त जानकारी (Summary):

नेपाल रेलवे बोर्डले नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष नेपाली रेल चालकहरूको सूचीकृत हुन आवेदन आह्वान गरेको छ।

नेपाल सरकार, नेपाल रेलवे बोर्ड, विशालनगर, काठमाडौंले नेपालमा रेल सेवा सञ्चालनका लागि आवश्यक पर्ने दक्ष, योग्य, इमानदार तथा जिम्मेवार नेपाली रेल चालक (Locopilot) हरू सूचीकृत गर्नका लागि सार्वजनिक सूचना जारी गरेको छ। इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बोर्डको कार्यालयमा दरखास्त पेश गर्न आह्वान गरिएको छ।

आवेदनका लागि आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यता प्राप्त संस्थाबाट जारी भएको रेल चालकको इजाजतपत्र (License) को प्रतिलिपि र अनुभव तथा तालिमका प्रमाणपत्रहरू समावेश हुनुपर्ने बोर्डले जनाएको छ।

दरखास्त दिने अन्तिम मिति २०८३ साल मंसिर २१ गते (२०८३।०८।२१) सम्म तोकिएको छ। आवेदन नेपाल रेलवे बोर्डको केन्द्रीय कार्यालय, विशालनगरमा बुझाउनु पर्नेछ। थप जानकारीका लागि बोर्डको कार्यालयमा सम्पर्क गर्न वा इमेल [email protected] मार्फत बुझ्न सकिनेछ।

थप सुचनामा:

नेपाल रेलवे बोर्डद्वारा रेल चालक (Locopilot) पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स