उद्यमी बन्न चाहनेलाई सरकारले एक हप्ते निःशुल्क तालिम दिने

feature 1793517581202 https://bajarkochirfar.com/government-scheme/government-to-provide-one-week-free-training-to-those-who-want-to-become-entrepreneurs/ | %tags
Scheme Details
DepartmentGovernment Body
Official LinkVisit Website

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Industrial Enterprise Development Institute
◆ पद (Position / Title):Entrepreneurship Development Program (EDP) Trainee
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३ कात्तिक १३
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ कात्तिक ३०

◆ संक्षिप्त जानकारी (Summary):

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिम (EDP) का लागि आवेदन आह्वान गरेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI), त्रिपुरेश्वर, काठमाडौँले व्यवसाय सुरु गर्न तथा स्वरोजगार बन्न इच्छुक नेपाली नागरिकहरूका लागि एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्ने भएको छ। व्यक्तिगत सक्षमताको मूल्याङ्कन, उपयुक्त व्यवसायको छनोट तथा व्यावसायिक योजना तयार गर्न मद्दत पुर्‍याउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।

उक्त तालिममा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता SLC/SEE वा सोसरह उत्तीर्ण हुनुपर्नेछ भने उमेर हद १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने प्रतिष्ठानले जनाएको छ। इच्छुक आवेदकहरूले २०८३ कात्तिक १३ गतेदेखि २०८३ कात्तिक ३० गतेभित्र प्रतिष्ठानको इमेल [email protected] मार्फत आवेदन पेश गर्न सक्नेछन्।

सूचना अनुसार सम्पर्क मिति २०८३ मंसिर ४ गते तोकिएको छ भने अनलाइन अन्तर्वार्ता २०८३ मंसिर ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। छनोट भएका प्रशिक्षार्थीहरूका लागि तालिम २०८३ मंसिर १४ देखि २१ गतेसम्म आयोजना गरिनेछ। थप जानकारीका लागि प्रतिष्ठानको फोन नं. ५३६१३३९, ५३६१४६९, ५३६६१६२ वा वेबसाइट https://iedi.gov.np मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा निःशुल्क उद्यमशीलता विकास तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

सरकारले निःशुल्क AI तालिम सञ्चालन गर्दै, कसरी दिने आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

कटाई सिलाईदेखि तरकारी खेतीसम्मका प्रशिक्षक बन्ने अवसर, २१ दिनभित्र आवेदन दिनुपर्ने

Deadline : Refer to Notice
View Details →

Organization

फिल्म बनाउन सरकारले अनुदान दिने, २१ दिनभित्र आवेदन दिनुपर्ने

Deadline : Refer to Notice
View Details →

Organization

पोखरामा निःशुल्क सीपमूलक तालिमको अवसर, यसरी दिन सकिन्छ आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

भारतीय दूतावास काठमाडौंले महात्मा गान्धी र स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन खुला गर्यो

Deadline : Refer to Notice
View Details →

Organization

ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा विभिन्न ४ विषयमा निःशुल्क आवासीय सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स