■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Embassy of India, Kathmandu |
| ◆ पद (Position / Title): | Mahatma Gandhi Scholarship & Golden Jubilee Scholarship Schemes |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३ कार्तिक ६ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ कार्तिक २९ |
◆ संक्षिप्त जानकारी (Summary):
भारतीय दूतावास, काठमाडौंले कक्षा ११ र स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति योजनाको अनलाइन आवेदन आह्वान गरेको छ।
भारतीय दूतावास, काठमाडौंले नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि महात्मा गान्धी छात्रवृत्ति योजना (MGSS) तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजना (GJSS) २०२६-२७ अन्तर्गत अनलाइन आवेदन आह्वान गरेको छ। इच्छुक योग्य विद्यार्थीहरूले २०८३ कार्तिक ६ गतेदेखि २०८३ कार्तिक २९ गते राति ११:५९ बजेसम्म वेब पोर्टल www.goischolarship.com.np मार्फत अनलाइन दरखास्त दिन सक्नेछन्।
महात्मा गान्धी छात्रवृत्ति योजना (कक्षा ११ का लागि): नेपालको मान्यता प्राप्त शैक्षिक संस्थामा कक्षा ११ मा नियमित अध्ययनरत (डिप्लोमा बाहेकका) नेपाली नागरिक विद्यार्थीहरू यसमा सहभागी हुन पाउनेछन्। आवेदकले कक्षा १० मा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ भने पारिवारिक वार्षिक आय २ लाख रुपैयाँभन्दा कम हुनुपर्नेछ। छनोट भएका विद्यार्थीहरूलाई कक्षा ११ र १२ सम्म वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिनेछ।
स्वर्ण जयन्ती छात्रवृत्ति योजना (स्नातक तहका लागि): नेपालको मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तह प्रथम वर्षमा नियमित अध्ययनरत (डिप्लोमा बाहेकका) विद्यार्थीहरू यसका लागि योग्य हुनेछन्। आवेदकले कक्षा १२ मा कम्तीमा ७० प्रतिशत अंक प्राप्त गरेको र २०८४ असार १६ गतेसम्म उमेर १७ देखि २२ वर्ष बीच हुनुपर्नेछ। यस योजनाअन्तर्गत MBBS/BDS का लागि वार्षिक रु. ४८,००० (५ वर्ष), B.E./B.Tech/B.Arch./BAMS का लागि वार्षिक रु. ४८,००० (४ वर्ष) र अन्य स्नातक कोर्सका लागि वार्षिक रु. ३६,००० (३ वर्ष) छात्रवृत्ति उपलब्ध गराइनेछ।
अनलाइन आवेदन फाराम भर्दा व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, लब्धांक-पत्र, नागरिकता तथा आय प्रमाणपत्र अपलोड गर्नुपर्नेछ। विस्तृत जानकारी तथा आवेदनका लागि
थप सुचनामा:


