ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

feature 1791366930699 https://bajarkochirfar.com/government-scheme/applications-are-open-for-a-4-month-graphic-design-training-in-lalitpur-how-to-apply/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Lalitpur Metropolitan City
◆ पद (Position / Title):Graphic Design with Pre-Press Knowledge Trainee
◆ रिक्त संख्या (Vacancies):१० जना
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/१९
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०७/०२

◆ संक्षिप्त जानकारी (Summary):

ललितपुर महानगरपालिकाले १० जना नगरवासीका लागि ग्राफिक डिजाइन तालिम सञ्चालन गर्न लागेको छ।

ललितपुर महानगरपालिकाको आयोजना तथा चाँगुनारायण फाउण्डेशनको सहकार्यमा दिगो रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘Graphic Design with Pre-Press Knowledge’ विषयमा व्यावसायिक सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको छ। यो तालिम ‘The Creation Design & Print Solution’ द्वारा उद्योगमा आधारित भई चार महिनासम्म सञ्चालन गरिनेछ।

तालिममा सहभागी हुनका लागि आवेदक १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ र कुल १० जनालाई छनोट गरिने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारहरूले कम्तिमा एसईई (SEE) उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदनका लागि आवश्यक कागजातहरूमा नागरिकताको प्रतिलिपि, कम्तिमा एसईई उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र, र ललितपुर महानगरपालिकामा स्थायी बसोबास खुल्ने कागजात (बसाइँसराइ अथवा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि) समावेश हुनुपर्नेछ।

योग्य र इच्छुक ललितपुर महानगरपालिका भित्रका नगरवासीहरूले सूचनामा दिइएको QR code स्क्यान गरी वा उपलब्ध लिङ्कमा क्लिक गरी अनलाइन फारम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ साल कार्तिक २ गतेसम्म तोकिएको छ।

थप सुचनामा:

ललितपुर महानगरपालिकाद्वारा ग्राफिक डिजाइन तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →

Organization

कागेश्वरी मनोहराका नगरबासीलाई १८ विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरले माग्यो निःशुल्क तालिमका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

साना उद्यमीले पाउने भए १ हजार डलरसम्मको सिड अनुदान, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

गण्डकी प्रदेश सरकारद्वारा विभिन्न १३ विधामा निःशुल्क सीप विकास तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा ‘एआई फण्डामेन्टल्स’ अनलाइन तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स