■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | National Academy of Vocational Training |
| ◆ पद (Position / Title): | Workplace-Based Training Providers / Employers |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८१/०८/०८ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र |
◆ संक्षिप्त जानकारी (Summary):
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न योग्य रोजगारदाताहरूलाई सूचीकरणका लागि पुनः १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार कार्यस्थलमा आधारित (Workplace-Based) तालिम, जेन्जी घाइते तथा शहीद परिवारका लागि कार्यस्थलमा आधारित सीपमूलक तालिम र राष्ट्रिय अप्रेंटिसिप तालिम सञ्चालन गर्न योग्य रोजगारदाताहरूलाई सूचीकरण (Listing) का लागि दरखास्त आह्वान गरेको छ। यसअघि मिति २०८१/०६/१३ मा सूचना प्रकाशन गरिएकोमा आवश्यक संख्यामा आवेदन नपरेकाले दोस्रो पटक सूचना प्रकाशन गरी १५ दिनभित्र आवेदन पेस गर्न अनुरोध गरिएको छ।
उक्त कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित तालिम १०० जना, जेन्जी घाइते तथा शहीद परिवारका लागि ३०० जना र राष्ट्रिय अप्रेंटिसिप तालिम २४६५ जनालाई प्रदान गर्ने लक्ष्य रहेको छ। यसका लागि कार्यस्थलमा आधारित तालिम सञ्चालन कार्यविधि, २०८१ को दफा १४ बमोजिम योग्यता पुगेका रोजगारदाताहरूले आवेदन दिन सक्नेछन्। आवेदक रोजगारदाता प्रचलित कानून बमोजिम दर्ता भई कम्तीमा विगत २ वर्षदेखि सञ्चालनमा रहेको, कम्तीमा ५ जनालाई सम्बन्धित सीप वा पेशामा रोजगारी दिइरहेको, भ्याट वा प्यानमा दर्ता भई पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको तथा स्वीकृत पाठ्यक्रम अनुसारको आवश्यक पूर्वाधार भएको हुनुपर्नेछ।
इच्छुक संस्थाले संस्थाको दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, संस्थाको संक्षिप्त प्रोफाइल, कार्यरत जनशक्तिको विवरण र तालिम सञ्चालन गर्न सकिने विषय तथा पूर्वाधारको विवरण संलग्न गरी प्रतिष्ठानमा आवेदन बुझाउनुपर्नेछ। कार्यस्थलमा आधारित तालिमका सहभागीहरूको सामाजिक सुरक्षावापतको दायित्व प्रतिष्ठानले व्यहोर्ने संशोधित व्यवस्था गरिएको छ। यसअघि नै आवेदन दिइसकेका रोजगारदाताले पुनः आवेदन दिनु पर्ने छैन। विस्तृत विवरणका लागि
थप सुचनामा:



